मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नेपालगञ्ज नगरपालिका संग कर्मचारी नहुँदा फोहर प्रशोधन केन्द्र बन्द

महमूद आलम खान 1133+ समाचार ( )
फोहोरलाइ मोहर बनाउन सकिने स‌ंरचना बनाए पनि जनशक्ति अभावले फोहोर प्रशोधन हुन नसक्दा समस्या देखिएको छ ।
१४ पौष २०७८, बुधवार

बाँके । बाँकेको नेपालगन्जमा बढ्दो शहरीकरणले फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएका बेला नेपालगञ्ज उपमहानगरपालिकाले फोहोर प्रशोधन केन्द्र निर्माण गरे पनि संचालन हुन नसक्दा समस्या सृजना भएको छ ।

फोहोरलाइ मोहर बनाउन सकिने स‌ंरचना बनाए पनि जनशक्ति अभावले फोहोर प्रशोधन हुन नसक्दा समस्या देखिएको छ ।

नेपालगञ्ज उपमहानगरको फाहोर व्यवस्थापनका लागि बाँकेको हिरमिनियामा एकीकृत फोहरमैला व्यस्थापन तथा प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । नयाँ ल्याण्डफिल्ड निर्माणसँगै यत्रतत्र फोहोर, फोहारकै डंगुरले भरिएका ढल र नाली सफा गरिएको छ । तर फोहोर प्रशोधन केन्द्रको सञ्चालनमा भने चुनौती देखिएको छ ।

नेपालगञ्जको फोहोर ३२ वर्षसम्म थुपार्न सक्ने क्षमताको प्रशोधन केन्द्र सञ्चालन गर्न कम्तीमा एक सय जना कर्मचारी आवश्यक पर्छन् । ६८ करोड रूपैयाँ लागतमा एसियाली विकास बैंकको ५५ प्रतिशत ऋण लिएर प्रशोधन केन्द्र बनाए पनि सञ्चालन गर्न नगरपालिकालाई समस्या भएको छ । 

प्रशोधन केन्द्रका इन्चार्ज शिव लामिछानेले युथ टुडे न्युज संग कुरा गर्दै भन्नु भयो, 'केन्द्रमा एक जना प्राबिधिक सहित ३० जना कर्मचारी छौ ।' उहाँले भन्नुभयो, प्रयाप्त कर्मचारी नहुँद फोहोरलाई वर्गिकरण नगरि सिधै खाल्डोमा पुर्ने गरेको बताउनु भयो । करोडको लागतमा खरिद गरिएको अत्याधुनिक मेसिनहरु संचालनमा नआउँदा खिया लागेर खेरा जाने सम्भावना रहेको एक जना कर्मचारीले बताए । 

स्रोतका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले प्रशोधन केन्द्र संचालन गर्न नसकेपछि निजि कम्पनीहरूलाई ठेक्का दिने तयारी गरेको छ । 

नेपालगञ्ज उपमहानगरले मानव बस्तीभन्दा धेरै टाढा स्थापना गरेको फोहोर प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा काठमाडौंसहित अन्य ठूला सहरलाई पाठ हुन सक्छ । किनभने, सबैजसो सहरको मुख्य समस्या फोहोर व्यवस्थापन नै बनेको छ । 

स्थानीयहरुका अनुसार समयमा नै फोहोरलाई प्रशोधित गर्ने काम नगरिए ३४ बर्षको गरिएको परिकल्पना १० बर्षमा नै समाप्त हुने बताए ।

यसैगरी गरि नेपालगञ्जको प्रमुख नाकाहरुमा राख्नका लागि खरिद गरिएको घुम्ती शौचालय संचालन गर्ने कर्मचारी नहुँद प्रशोधन केन्द्रमा थन्किएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार