मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

निलम्बित प्रधानन्यायाधीश जबरा न्यायाधीश कार्कीमाथि खनिए

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा न्यायाधीश कार्कीले आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्ने गरेको बयान दिए
१५ भाद्र २०७९, बुधवार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीश हरिकृष्ण कार्कीमाथि खनिएका छन् ।

महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा न्यायाधीश कार्कीले आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्ने गरेको बयान दिए । जबराले आफूलाई राजनीतिक स्वार्थका आधारमा महाभियोग लगाइएको बताए ।

उनले न्यायाधीश कार्कीले हरेकजसो मुद्दा बहाना बनाएर नहेर्ने गरेको गर तर आफ्नो स्वार्थ मिलेको मुद्दा भने नछोड्ने गरेको बताए । उनले भने, ‘हरिकृष्ण कार्की हरेक मुद्दा हेर्न पन्छिनु हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीजीको महान्यायाधीवक्ता भएको भन्नुहुन्छ । तर, आफ्नो स्वार्थ मिलेको मुद्दा हेर्नुहुन्छ ।’

त्यस्तै, हाल कायममुकायम प्रधानन्यायाधीश दीपक कार्कीलाई महत्वाकांक्षा जागेकाले आफूविरुद्ध लागेको जबराको बयान छ । उनलाई प्रधानन्यायाधीश बनाउने भन्ने कुरा आएपछि सर्वोच्चमा गुटबन्दी भएको जबराको भनाइ छ ।

त्यसरी गुटबन्दी गर्दा न्यायाधीश नै आन्दोलनमा उत्रिएका र उनीहरूलाई पनि कानुन लाग्नुपर्ने जबराको जिकिर थियो । बारले आफूलाई राजीनामा गर्नका लागि मान्छे पठाएको पनि जबराको भनाइ छ । साथै उनले राजीनामा दिएर जान भनेर बार्गेनिङ भएको पनि आरोप लगाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार