मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |

कांग्रेस संसदीय बैठक
संसदको गतिरोध अन्त्य गर्न सभापति देउवालाई अग्रसरता लिन सुझाव

यूथ टुडे समाचारदाता 3533+ समाचार ( )
२६ श्रावण २०८०, शुक्रबार

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले संसद्को गतिरोध अन्त्य गर्न पार्टीले पहल गर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकमा उनीहरुले संसदमा उत्पन्न गतिरोध अन्त्यका लागि सभापति शेरबहादर देउवालाई अग्रसरता लिन सुझाव दिएका हुन् ।

सांसद प्रदीप पौडेलका अनुसार बैठकमा सुन तस्करी प्रकरणबारे समेत छलफल भएको छ । छलफलका क्रममा सांसद अवरुद्ध हुँदा जनजीविकाका सवालहरू ओझेलमा परेको भन्दै गतिरोध अन्त्य गर्न पार्टी सभापतिले पहल गर्नुपर्ने नेताहरुले बताएका थिए ।

यस्तै, बैठकमा सांसदहरूले राज्यका निकायलाई नै छानबिन गर्न दिनुपर्ने धारणा राखेका थिए । त्यस्तै, सांसद सुनिल शर्मा पक्राउ प्रकरणमा समेत कांग्रेसका सांसदहरूले सरकारले गलत गरेको बताए ।

‘यो गलत भयो, सरकार प्रतिशोधपूर्ण ढंगले प्रस्तुत भएको देखियो । आवाज थुन्ने प्रक्रियाका विपक्षमा कांग्रेस उभिनुपर्छ’ बैठकमा धारणा राख्ने अधिकांश सांसदहरूको धारणा थियो ।

शुक्रबारको करिब १५ जना सांसदले बोलेका थिए । अर्को बैठक आइतबार बस्ने जनाइएको छ । कांग्रेसले संसद्को अवरोध हटाउने तथा संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयकलगायत सात एजेन्डामा छलफल गर्न दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार