मुख्य समाचार
बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण | करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक |

युनेस्कोद्धारा मधुवनमा युवतिहरुलाई व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम

यूथ टुडे समाचारदाता 3516+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

नेपालगन्ज । बाँके युनेस्को क्लबले मधुवन–१, बर्दियामा सञ्चालन गरेको पाँचदिने व्यवसायिक सीप तथा सूक्ष्म उद्यम विकास तालिम सम्पन्न भएको छ ।

क्लबले प्लान नेपालसंगको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमी परियोजना अन्तर्गत सो तालिम आयोजना गरिएको हो । 

तालिममा राजापुर र ठाकुरबाबा नगरपालिकाका १५÷१५ गरी ३० जना सहभागीहरूले हरित व्यापार तथा सूक्ष्म उद्यम सञ्चालनका महत्वपूर्ण ज्ञान तथा सीपहरु प्राप्त गरेको परियोजनाका संयोजक राधे कृष्ण थारूले बताउनुभयो । 

प्रशिक्षक राज बहादुर चौधरीले प्रशिक्षण दिनु भएको सो तालिमको प्रशिक्षणका प्रमुख विषयहरूमा उद्यम विकास र आत्मरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास वृद्धि, जोखिम लिन सक्ने क्षमता तथा जोखिम न्युनिकरण उपाय, सफल उद्यमीका विशेषताहरू, सर्जनशीलता तथा बजार व्यवस्थापन, व्यावसायिक योजना तयार गर्ने तरिका, व्यवसाय स्थापना गर्न उपयुक्त स्थान पहिचान, लक्ष्य बजार, उत्पादन प्रक्रिया, कच्चा पदार्थको लागत तथा श्रम लागतको निर्धारण लगायत रहेका थिए ।  

ग्रीन इकोनोमी परियोजनाअन्तर्गत सञ्चालित सोे तालिमले १८–२४ वर्ष उमेर समूहका युवतीहरूलाई सशक्त बनाउँदै रोजगारी तथा आत्मरोजगार सिर्जना गर्ने उद्देश्य राखेको जनाईएको छ । 

हरित व्यापार तथा सूक्ष्म उद्यम प्रवद्र्धनमार्फत पर्यावरण संरक्षण, विश्व तापक्रम वृद्धि न्यूनीकरण, प्रदूषण कमी, र जलवायु परिवर्तनको प्रतिकूल प्रभाव नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सो तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई प्रशिक्षण प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, महासचिव बुद्धेश कुमार जैसवाल, बोर्ड सदस्य मिना चौधरी र सपना परियार तथा साधारण सदस्य अनुप बर्मा लगायतको उपस्थिति रहेको थियो । 

सो तालिमका सहभागी अञ्जना चौधरीका अनुसार यस तालिमले सहभागिको आत्मविश्वास बढाएको छ । आत्मरोजगारले आत्मनिर्भर र समाजमा सम्मानजनक जीवन जिउन सक्षम बनाउने बिश्वास जगाएको छ । 

त्यस्तै अर्का सहभागी छोट रानी थारूका अनुसार यो तालिमले व्यवसाय योजना बनाउन आवश्यक सीप सिकाउनुका साथै सफल उद्यमी बन्न आवश्यक क्षमता विकास समेत गरेको छ । 

तालिमको सञ्चालनमा परियोजना अधिकृत राधेकृष्ण थारू, फिल्ड सुपरभाइजर सञ्जिता रिजाल र कञ्चन दहितको उल्लेखनीय भूमिका रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार