मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरको जमुनहामा आगलागी, ११ घर जलेर नष्ट

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ,रन्जु यादव, बिहारी लाल कुम्हर,सलमान खाँ,राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको भगवानपुरका प्रहरी निरिक्षक राजन रायमाजीले बताउनुभयो ।
१४ जेठ २०८०, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं ५ को जमुनहा गाउँमा आगलागी भएको छ ।

आज दिउँसो १२ बजे भएको आगलागीमा ११ जनाको घर १ गोठ जलेर नष्ट भएको छ ।

स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी जब्बर खाँ,रन्जु यादव, बिहारी लाल कुम्हर,सलमान खाँ,राज करण कुम्हार लगायत ११ जनाको घर र फकिरे खाँको गोठमा पूर्ण क्षति भएको भगवानपुरका प्रहरी निरिक्षक राजन रायमाजीले बताउनुभयो ।

आगलागीका कारण १७ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरी निरिक्षक राजन रायमाजीले बताउनुभयो ।

१२ बजे सुरु भएको आगलागी ३ बजे नियन्त्रणमा आएको थियो । आगलागी भएको जानकारी पाउने बित्तिकै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहल द‌मकल लिएर आगो नियन्त्रण गर्न पुग्नु भएको थियो । अध्यक्ष शाह सहितको टोलीले समयमै घटना स्थलमा पुगेर आगो नियन्त्रणमा‌ लिएकोले मानवीय क्षति नभए पनि क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको बताउनु भयो । पिडितहरुलाई पालिकाका तर्फबाट सहयोग गर्ने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनु भयो ।

नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक बर्ष दर्जनौ आगलागीको घटना हुने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार