मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

एल्टिट्युड वोल्ड सुपरमोडल नेपाल २०२१ को बिजेता मिस जास्मिन खाँन

Youth Today News 1+ समाचार ( )
नौ जना प्रतिस्पर्धि रहेको प्रतियोगितामा जास्मिन खाँन ले उपाधी जित्न सफल भएकी छिन ।
२ मंगशिर २०७८, बिहीबार

नेपालगन्ज । मेजेस्टिक ग्रुपले नेपालगन्जको होटल सि.एस.टि मा आयोजना गरेको एल्टिट्युड वोल्ड सुपर मोडल २०२१ प्रतिस्पर्धा मा जस्मिन खाँन बिजेता भएकी छिन । 

नौ जना प्रतिस्पर्धि रहेको प्रतियोगितामा जास्मिन खाँन ले उपाधी जित्न सफल भएकी छिन । 

नेपालगन्ज वडा प्रहरी का इन्चार्ज दिल्ली बहादुर खडका प्रमुख आतिथि ,देवकी गिरी ,शारदा एजुकेसनल पार्कका संस्थापक रोनिश गौतम , युग बृद्ध नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा , लोक गायक प्रमोद दि.जिको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतियोगिताबाट एल्टिट्युड वोल्ड सुपरमोडल नेपाल ग्रेण्ड विजेता जस्मिन खाँन, एल्टिट्युड वोल्ड सुपरमोडल ईन्टरनेशनल नेपाल २०२१ दर्शना क्षेत्री, एल्टिट्युड वोल्ड सुपरमोडल एशिया इन्टरनेशनल नेपाल २०२१ एलिना न्यौपाने, एल्टिट्युड वोल्ड सुपरमोडल एशिया प्यासिफिक इन्टरनेशनल एलिना थापा क्षेत्री, एल्टिट्युड वोल्ड सुपरमोडल रनवे नेपाल २०२१ सागर बोहोरा, भ्युयर च्वाईस एलिना थापा क्षेत्री,एल्टिट्युड वोल्ड सुपरमोडल एम्बेस्सडर नेपाल २०२१ सपना मल्ल ठकुरी, एल्टिट्युड वोल्ड सुपरमोडल टिन नेपाल २०२१ हन्नह नेपानी,एल्टिट्युड वोल्ड सुपरमोडल कल्चर नेपाल २०२१ सोनिया थापा मगर,एल्टिट्युड वोल्ड सुपरमोडल पिस नेपाल २०२१ रीचा बुढा क्षेत्री ले टाईटाल अवार्ड हात पारेका छन् । 

 यस प्रतियोगिताको निणार्यकको भुमिकामा नेशनल फेशन द्रेस डिजाईनर मिस दुर्गा थापा,नेशनल मेकअप आर्टिस्ट साथै मेजेष्टीक ग्रुपको ओफ्फिसल मेकअप आर्टिस्ट मिस सुमी श्रीष गिरी र नेशनल डाइरेक्टर साथै कोरियोग्राफर मिष्टर नवराज देउवा रहेका थिए ।

उक्त प्रतियोगिताबाट एल्टिट्युड वोल्ड सुपरमोडल नेपाल २०२१को ग्रेण्ड विजेता मिस जस्मिन खाँनले पचाँस हजार,एल्टिट्युड वोल्ड सुपरमोडल ईन्टरनेशनल नेपाल २०२१ बिजेता मिस दर्शना छेत्रीले पैतिस हजार र एल्टिट्युड वोल्ड सुपरमोडल एम्बेस्सडर नेपाल २०२१ बिजेता मिस सपना मल्ल ठकुरीले पच्चीस हजार बराबरको शैक्षिक छात्रावृत्ती शारदा एजुकेसनल पार्क द्वारा पाएका छन् ।

कला संस्कृतीको जर्गेना तथा विभिन्न क्षेत्रका बालबालीका, युवा युवतीहरुको अन्तरनिहीत प्रतिभालाई विश्व सामु प्रस्तुत तथा मोडलिङ क्षेत्रमा स्थापित गराउने र उनीहरुको भित्री प्रतिभा बाहिर ल्याउन को लागि यस्ता कार्यक्रम हरु गर्दै आएको र आगामी दिन हरुमा पनि निरन्तरता दिने मेजेस्टिक ग्रुप का फाउन्डर मन्जेस गिरीले युथ टुडे न्युज लाई बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार