मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पायो पूर्णता

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
२८ माघ २०८१, सोमबार

बाँके । बाँकेको नेपालगञ्जमा रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिले पूर्णता पाएको छ । मस्जिदका निर्वातमान अध्यक्ष फिदा हुसेन अन्सारी नेतृत्वको समितिले राजिनामा दिए पछि लामो समय देखि नेतृत्व विहिन रहेको दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिमा तदर्थ समितिका अध्यक्ष एंव वडा नं. ३ का अध्यक्ष समेत रहेका अयुब सिद्धिकिले ८ महिना सम्म निर्वाचन गराउन नसके पछि मुस्लिमहरु आन्दोलित हुदै आएका थिए । 

मुस्लिमहरुले निरन्तर आन्दोलन गरे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकबाट संस्था ऐन २०३४ को अधिनमा रही रहमान मियाँको अध्यक्षतामा १७ सदस्य समिति गठन गरेको छ । 

असन्तुष्ट पक्ष र राजनितिक दलका नेताहरुको रोहबर बसेको सर्वपक्षीय बैठकले समितिलाई पूर्णता दिएको हो । पूर्णता पाएको समितिमा अध्यक्षमा रहमान मियाँ, उपाध्यक्षमा रौनक अली इद्रिसी, महासचिव ऐनुद्दीन अन्सारी, सहसचिव अब्दुल अजीज काजी अन्सारी,कोषाध्यक्षमा मोहम्मद हुसेन हलवाई सर्वसम्मत छानिएका छन् ।

त्यस्तै सदस्यहरुमा आलम खान,मोहम्मद सरिफ बागवान,अब्दुल गफ्फार खाँ (चाँद), हाजी यासीन, निजाम अली इद्रिसी, कारी सगीर खाँ, रहिस हल्वाई, सुफियान सल्मानी, सहबुद्दीन हल्वाई, इसहाक सिद्धिकि,सगीर खाँ र सलाहुद्दीन हलवाई रहेका छन् । यसाेगरि समितिको बरिष्ठ सल्लाहकारमा सैयद रिहान मियाँ, कानुन सल्लाहकारमा अधिवक्ता जमालुद्दीन अन्सारी र आर्थिक सल्लाहकारमा सिए मोहशीन खानलाई नियुक्त गरिएको अध्यक्ष मियाँले जानकारी दिनु भयो । 

समितिले पूर्णता पाएपछि मस्जिदको संरक्षण, प्रवद्र्धन गर्न र भेटीघाटीलाई पारदर्शी हुने जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत बिनिता यादवले विश्वास व्यक्त गरिन् । मस्जिदमा विगतमा भएको अनियमिताका विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेले छानविन गरी आवश्यक कारवाही गर्ने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार