मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

मुस्लिम मुक्ति मोर्चा नेपालगञ्जको अध्यक्षमा अल्फात निर्विरोध निर्वाचित

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

बाँके । मुस्लिम मुक्ति मोर्चा नेपाल नेपालगञ्ज उपमहानगरपालिकाको अध्यक्षमा अल्फात खाँ निर्विरोध चयन भएका छन्। नेपालगञ्जमा सम्पन्न दोस्रो नगर भेलाले २ वर्षे कार्यकालका लागि खाँलाई चयन गरेको हो ।

उनको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उक्त समितीको उपाध्यक्षमा सकिला बानो, रफिक सिद्धिकिलाई चयन गरिएको छ । सचिवमा बिश्राम अलि बेहना त्यस्तै कोषाध्यक्षमा भने गज्जब अलि सल्मानी चयन भएका छन्।

नगर भेलालाई माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए । उनले समुदायको उत्थानका लागि एक्यबद्धता र खबरदारी आवश्यक रहेको बताएका थिए  । यस्तै कार्यक्रमा बोल्दै प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका सचिव आलम खानले भने ‘मुस्लिम समुदायको पहिचान स्थापित गर्न अझै संघर्षहरु बाँकी रहेको छ,उनले भने, माओवादी केन्द्रकै कारण मुस्लिमहरको पहिचा स्थापित भएको, राष्ट्रिय विदा, धर्म निरपेक्षता जस्ता विषयले प्राथमिकता पाएकाले माओवादी केन्द्रले सुरु गरेको रुपान्तरण अभियानलाई सफल बनाउन भुमिका निर्वाह गर्न र पार्टी प्रति प्रतिवद्ध भएर लाग्नु पर्छ।’

नगर भेलामा बोल्दै माओवादी केन्द्र बाँकेका सचिव डिल्ली वरालले सीमान्तकृत, सर्वहरा वर्ग र मजदुर किसानको पक्षमा माओवादी निरन्तर लागिरहने बताए। कार्यक्रममा माओवादी केन्द्र नेपालगञ्जका संयोजक रतन शाही, सचिव प्रेम, महिला नेतृ कसमिरा बानो, मौलाना मन्सुर आरफि लगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार