मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

नेपालगञ्जमा ‘प्रादेशिक महोत्सव’ हुने

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१७ पौष २०८१, बुधवार

नेपालगन्ज । नेपालगञ्जमा माघमा दोस्रो ‘प्रादेशिक महोत्सव’ हुने भएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा माघ १० देखि २२ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंक बहादुर धामीले महोत्सवलाई भव्य बनाउने गरी लागिपरेको बताउनुभयो । धामीले स्टल निर्माण सुरु गरेको जानकारी दिनुभयो । मेला अघि रोजगार मेला समेत सञ्चालन गरिने उहाँको भनाई छ । महोत्सवमा ३५० स्टल राखिने महासचिव भीमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

यसैबिच २०२४ सालमा स्थापना भएको सङ्घको ५७औँ स्थापना दिवसका अवसरमा आज पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको छ । पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्य तथा स्व. दामोदर आचार्यलाई मरणोपरान्त सम्मान गरिएको छ । सङ्घले नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश र बाँके जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी, सदस्य तथा केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यहरूलाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामी, पूर्व अध्यक्ष द्वय श्रेष्ठ र वैश्य, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नवीन गिरी लगायतले बोल्नुभएको थियो । प्रथम उपाध्यक्ष चिरञ्जीवी वलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार