मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

राष्ट्रिय कर्मचारी महासंघको नगर अध्यक्षमा बजगाई

महमूद आलम खान 1133+ समाचार ( )
नेपाल राष्ट्रिय कर्मचारी महासंघ बाँकेका अध्यक्ष पबन देव अर्यालकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष रतन बहादुर शाहीकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले बजगाईलाई सर्बसम्मत अध्यक्ष चयन गरेकाे हाे ।
११ पौष २०७८, आइतबार

बाँके । नेपालगन्ज उपमहानगरपालिका स्तरीय नेपाल राष्ट्रिय कर्मचारी महासंघ को अध्यक्षमा प्रेम बजगाई चयन भएका छन् । 

नेपाल राष्ट्रिय कर्मचारी महासंघ बाँकेका अध्यक्ष पबन देव अर्यालकाे अध्यक्षता तथा नेकपा माओवादी केन्द्र नगर कमिटी अध्यक्ष रतन बहादुर शाहीकाे प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले बजगाईलाई सर्बसम्मत अध्यक्ष चयन गरेकाे हाे ।

उक्त नगर कमिटीकाे कार्यसमितिमा उपाध्यक्ष गाेरख बहादुर नेपाली चयन भएका छन । कार्यसमितिको सचिवमा महेन्द्र लाेथ, सह सचिव बिमला बराल , कोषाध्यक्षमा गजेन्द्र शाही त्यसै गरि सदस्यहरुमा तेज बहादुर सिंह, भिम सुनार ,नेब लाल घर्ती , कमल चाैधरी,नथुनि कुमारी चाैधरी , नबराज अधिकारी,सक्त बहादुर परियार,महेश बिक,नरेन्द्र रावल र सुर्जा सिंह रहेका छन् ।

आस्थाका आधारमा कसैले कसैलाई विभेद गर्नु राष्ट्र सेवक कर्मचारीको नैतिकता नहुने माओवादीका नेता बसन्त मल्लको भनाइ थियो ।  अधिवेशनमा उहाँले नेपाल राष्ट्रिय कर्मचारी महासंघको सफल अधिवेशनको शुभकामना दिँदै नयाँ नेतृत्वले राष्ट्रको निर्माणमा सहयोग गर्न सक्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । सबै कर्मचारीहरु संगठीत हुँदै आफ्नो हकहितका लागि कुरा उठाउनु जायज भएको बताउँदै कर्मचारीले आफ्नो मात्र नभई राष्ट्रको निति निर्माण र राष्ट्रिय हितमा समेत वोल्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघ बाँकेका अध्यक्ष आर्यालले कर्मचारीहरुले सच्चा र सत्य कामका लागि कसैसँग पनि डराउनु नपर्ने बताउनुभयो । उहाँले कर्मचारीहरुले राज्यलाई स्थायी सरकार दिने वा अस्थाई सरकार बनाउने भन्ने उनिहरुकै कामको मुल्याङ्कनबाट थाहा हुने बताउनुभयो । यदि कसैले राष्ट्रीय हित विपरीत कर्मचारी भएर काम गर्छ भने नेपाल राष्ट्रिय कर्मचारी महासंघले खवरदारी गर्न जरुरी रहेको औल्याउनुभयो ।

अधिवेशनमा माओवादी केन्द्रका नगर अध्यक्ष शाहीले माओवादीको शुभेछुुक संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघमा आवद्ध कर्मचारीहरु विचार र सिद्धान्तमा अडिक रहने बताउँदै उनिहरुको कार्यदक्षतामा कसैले पनि औला ठड्याउन नसक्ने बताउनुभयो । अहिले पार्टीले राष्ट्रिय एजेण्डालाई संस्थागत गर्दै मुलुकको नेतृत्व माओवादीले नै गरिरहेको औल्याउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका स्तरीय नेपाल राष्ट्रिय कर्मचारी महासंघ को १५ सदस्य नगर कमिटी बने जिल्ला अध्यक्ष आर्यालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार