नेपालगञ्ज । नेपाली मौलिक संस्कृति, दोहोरी गीतसंगीतको मनोरञ्जन र स्वादिष्ट परिकारको संगमका रूपमा परिचित बाँकेको नेपालगञ्जस्थित ‘बागेश्वरी दोहोरी साँझ’ले बडादशैंको अवसरमा विशेष अफरसहित ग्राहकलाई स्वागत गर्ने भएको छ।
नेपालीहरूको महान् पर्व बडादशैंलाई थप उल्लासमय बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष योजनाले परिवार, आफन्त तथा साथीभाइसँग भेटघाट गर्दै मिठा परिकारको स्वाद लिन र रमाइलो वातावरणमा समय बिताउन चाहने ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
दशैं पारिवारिक मिलन, आपसी सद्भाव र खुसी साटासाट गर्ने पर्व भएकाले ग्राहकलाई आत्मीय वातावरणमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको सञ्चालकले बताउनुभएको छ। नेपाली मौलिक संस्कृति, दोहोरी गीतसंगीतको मनोरञ्जन र स्वादिष्ट खानाको अनुभव एकै ठाउँमा लिन सकिने भएकाले बागेश्वरी दोहोरी साँझ चाडपर्वको समयमा भेटघाट र मनोरञ्जनका लागि आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ।
‘मौलिक संस्कृति, मिठो स्वाद र आत्मीय सत्कार’ लाई प्राथमिकतामा राख्दै बागेश्वरी दोहोरी साँझले ग्राहकको सन्तुष्टि, गुणस्तरीय सेवा र पारिवारिक वातावरणलाई विशेष महत्त्व दिँदै आएको छ। चाडपर्वका बेला परिवार तथा साथीभाइसँग बिताइने पललाई थप रमाइलो र स्मरणीय बनाउने उद्देश्यले विशेष तयारी गरिएको सञ्चालकको भनाइ छ।
यसैबीच, बागेश्वरी दोहोरी साँझकी सञ्चालक सुनिता मल्लले बडादशैंको पावन अवसरमा सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
सञ्चालक मल्लले दशैंले सबैमा आपसी प्रेम, सद्भाव, एकता र खुसीको भावना अभिवृद्धि गरोस् भन्ने कामना गर्दै परिवार, आफन्त र साथीभाइसँग रमाइलो पल बिताउन चाहने सम्पूर्ण ग्राहकलाई बागेश्वरी दोहोरी साँझमा उपस्थित हुन निमन्त्रणा गर्नुभएको छ।
नेपाली मौलिक संस्कृति र लोकदोहोरीको संरक्षण तथा प्रवर्द्धनसँगै मनोरञ्जन र स्वादिष्ट परिकारको अनुभव प्रदान गर्ने लक्ष्य राखेको बागेश्वरी दोहोरी साँझले यस वर्षको बडादशैंलाई थप उल्लासमय र यादगार बनाउने अपेक्षा गरेको छ।