मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१६ माघ २०८२, बिहीबार

सिन्धुपाल्चोक । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सिन्धुपाल्चोकमा एक शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका-१२ साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी रहेका छन् । उनलाई नियन्त्रणमा लिएर म्याद थपको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले जानकारी दिए ।

प्रहरीका अनुसार विद्यालय नजिकै गिरीको आफ्नै स्टेशनरी पसल छ । सोही पसलमा गएकी १२ वर्षीया छात्रामाथि गिरीले यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । पीडित बालिका कक्षा ७ मा अध्ययनरत छिन् ।

बालिकाले आफूलाई भएको दुर्व्यवहारबारे आफन्तलाई जानकारी दिएपछि घटनाबारे प्रहरीमा जाहेरी दर्ता गरिएको थियो । जाहेरीपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यता, आरोपित गिरीले भने आरोप अस्वीकार गर्दै ‘माया गरेर गाला मात्रै छोएको’ दाबी गरेका छन् । उनले आरोप अस्वीकार गरेपछि बालिकाका आफन्तले बुधबार विरोध र दबाब सिर्जना गरेका थिए ।

घटनाबारे जानकारी पाएपछि अभिभावकहरू विद्यालय पुगेर छलफलमा जुटेका थिए । तर आरोपितले दोष स्वीकार नगरेपछि विद्यालय परिसरमा अवस्था तनावग्रस्त बनेको थियो । सोही कारण प्रहरी टोलीले शिक्षक गिरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार