मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |
मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |


नेपाल भारत काउण्टर पार्टस मिटिङ सम्पन्न

महमूद आलम खान 1133+ समाचार ( )
उच्च पदस्थ सुरक्षा अधिकारीहरुले एक आपसमा सहकार्य र समन्वय गरेर अगाडी बढ्ने निर्णय गरेका छन्
७ पौष २०७८, बुधवार

बाँके । नेपाल भारत सीमा क्षेत्रका दुबै तर्फका १५ जिल्लाका प्रहरी र प्रशासनसंग सम्बद्ध उच्च पदस्थ सुरक्षा अधिकारीहरुले एक आपसमा सहकार्य र समन्वय गरेर अगाडी बढ्ने निर्णय गरेका छन् । सो निर्णय उनिहरुले नेपालगञ्जमा बुधवार बेलुकी सम्पन्न भएको सयुंक्त समन्वय बैठकमा गरेका हुन् । 

बैठकका लागि होटल सिद्धार्थ भ्यु मा जम्मा भएका दुबै देशका उच्च सुरक्षा अधिकारीहरुले सीमानामा अझै समन्वय र सहकार्य बढाउनु पर्ने निष्कर्श निकालेको सहभागि एक उच्च अधिकारीले बताए । उनले भारतीय पक्षले नेपाली पक्षसंग सीमा नाकामा थप सुरक्षा कडा गर्नु पर्ने माग गरेको पनि जनाएका छन् । भारतको उत्तरप्रदेशमा केही महिनापछि हुने विधानसभाको निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गर्न तथा सीमावर्ति क्षेत्रका अन्य विषयहरुमा छलफल गर्न भारतीय पक्षको आग्रहमा सो सुरक्षा बैठकको आयोजना गरिएको तथा बैठकमा भारतका ७ जिल्ला र नेपालका ८ सीमावर्ति जिल्ला गरी नेपाल–भारतका १५ जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो । उहाँले सो समन्वय बैठकमा दुबै पक्षबाट सीमानामा हालको अवस्था र समन्वय तथा सुरक्षाका बारेमा जानकारी गराईएको बताउनुभयो ।

भारतको उत्तर प्रदेशमा हुने विधानसभाको निर्वाचनको बेला सीमानामा कडा सुरक्षा गर्नुका साथै कुनैपनि प्रकारको अवैध घुसपैठ रोक्न दुबै देशका सुरक्षा अधिकारीहरु सहमति भएको पनि प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

सो समन्वय बैठकमा नेपाल–भारत सिमा क्षेत्रका जनताविच सुमधुर सम्वन्ध निरन्तर कायम राख्न दुबै क्षेत्रका अधिकारीहरुले बिशेष ध्यान दिनुपर्ने, सिमाक्षेत्रमा बढदो अपराधहरु नियन्त्रणका लागी समन्वय र सहकार्य गरिनुपर्ने, लागुऔषध तथा अबैध ओसार–पसार, मानव बेचविखन, सिमा क्षेत्रमा एक अर्को राष्ट्रप्रति गर्न सक्ने अबाञ्छीत क्रियाकलाप मिलेर रोक्नुपर्ने लगायत विषयमा सहमति पनि भएको जनाईएको छ ।

सो बैठकमा भारतीय पक्षबाट गोरखपुर क्षेत्रका एआइजी अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदिप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दिपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश र एसपी अरबिन्द कुमार मौर्य, बहराइच जिल्लाका डिएम दिनेशचन्द्र र एसपी सुजता सिंह, लखिमपुर जिल्लाका डिएम महेन्द्र बहादुर सिंह र एसपी संजिव कुमार सिंह, पिलिभित जिल्लाका डिएम पुलकित खरी र एसपी दनेश कुमार, एसएसबी अधिकारीहरुमा सम्वन्धित जिल्लाका कमाण्डरहरु बर्जित सिंह, मनोज कुमार सिंह, अमित सिंह, अशोक बिश्वास, उपेन्द्र कुमार रावत, रबिन्द्र कुमार राज्यश्वरी, सर्वजित सिंह, दपन कुमार दास, दामोदर प्रशाद मिना, यतिन नेगी, मुन्ना सिंह र गोबिन्द सिंह लगायतका अधिकारीहरुको सहभागीता रहेको थियो ।

त्यसैगरी नेपालको तर्फबाट लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्ला भारतसंग छोएका जिल्ला बांके, बर्दिया, कैलाली, कञ्चनपुर, दांग, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी, शसस्त्र र जनपद प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धान बिभागका जिल्ला प्रमुखहरुको सहभागीता रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार