मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

रमेश कुमार मल्लद्वारा मतदाताप्रति धन्यवाद, गाउँ–बस्तीमा पुग्ने, विजय र्‍याली र जुलुस नगर्ने

प्रमिला बिश्वकर्मा 18+ समाचार ( )
२५ फाल्गुन २०८२, सोमबार

सल्यान । नेकपाका तर्फबाट सल्यानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेश कुमार मल्ल ले मतदाताहरूप्रति आभार व्यक्त गरेका छन्।

आइतबार सल्यान खलंगामा स्वःस्फूर्त रूपमा भेला भएका पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक र आफन्तजनका बीच उनले सल्यानी मतदातालाई धन्यवाद दिएका हुन्।

उनले फागुन २१ गते सम्पन्न निर्वाचन विशिष्ट परिस्थिति र घटनाक्रमको उपज भएको उल्लेख गर्दै सल्यानी मतदाताको बलियो विश्वास र पार्टी नेता–कार्यकर्ताको मेहनतले जिल्लामा सफलता हासिल भएको बताए। यसलाई उनले जित–हारको रूपमा नभई सल्यानप्रति थपिएको जिम्मेवारी र जनताको विश्वासको रूपमा लिएको बताएका छन्।

मल्लले यो अवस्थामा जिल्लाभित्र विजय र्‍याली, जुलुस, भोजभतेर तथा अबिर जात्रा नगर्न हार्दिक अनुरोध गरेका छन्। तर, सल्यानी मतदाताहरूसँग धन्यवाद व्यक्त गर्न पार्टी र जनप्रतिनिधिको तर्फबाट गाउँ–बस्तीमा पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सबैलाई सहयोग र सद्भावका लागि धन्यवाद दिँदै आगामी दिनमा जिल्लाको विकास र जनताको हितमा काम गर्ने प्रतिवद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार