मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

कोहलपुरका मेयर आचार्य विरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिदै

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

बाँके । कोहलपुरका मेयर पूर्ण आचार्यका बिरुध्दमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता गर्न लागिएको हो । साइबर ब्युरोले मेयर आचार्य माथि अनुसन्धान सुरु गरेको छ भने अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीबिरुद्ध अभियोगपत्र दायर गर्ने स्रोतले जनाएको छ। 

सरकारी वकिलले उनीबिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदावी पेश गर्ने छ । दफा (४७)को (२) अनुसार मेयर लाई पक्राउ गरी उनलाई थप सजाय हुन मागदावी गर्ने तयारी भइरहेको छ ।

फाल्गुन १६ गते बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल विरुद्ध सामाजिक सञ्जाल मार्फत कपोलकल्पित आरोप लगाउदै स्टाटस लेखे पछि प्रजिअ रिजालले मेयरलाई चेतावनी दिनु भएको थियो तर आरोप प्रमाणित गर्न नसके पछि माफि मागेर मुद्दाबाट जोगिने प्रयास थालेका छन् । तर सामाजिक संजाल प्रयोगकर्ताको दबाब पछि प्रहरीले अनुसन्धान सुरु गरेकोले आइतवार मुद्दा दर्ता गरि मेयर लाई पक्राउ गर्न सक्ने स्रोतले जनाएको छ ।

के छ कानुनी व्यवस्था: कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो । यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो । नेपाल सरकारको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ को ४७ को १ अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरू मार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकोले सोही बमोजिम बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको बिरुद्ध बिना प्रमाण कपोलकल्पित रुपमा स्टाटस लेख्ने कोहलपुरका मेयर माथि मुद्दा लाग्न सक्ने छ  । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार