मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

आगामी निर्वाचनमा बहुमत ल्याएर एमाले नेतृत्वको सरकार बन्ने ओलीको दाबी

महमूद आलम खान 1133+ समाचार ( )
मिश्र सहित हजारौं व्यक्तिहरुले गरे एमाले प्रवेश
१ मंगशिर २०७८, बुधवार

बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई अन्य पार्टीसँग तुलना गर्न नमिल्ने बताएका छन्।

नेकपा एमाले बाँकेले नेपालगन्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले विधि, विधान, नीति र विचारले चलेको पार्टी भएकाले अन्य दलसँग तुलना हुन नसक्ने बताए ।

अन्य पार्टीहरु वैचारिकहीन र बलजफ्ती ढंगले सञ्चालन भएको भन्दै उनले भने, ‘मान्छे मारेर, बलजफ्ती गरेर होइन, नीति र विचारले मन जितेर पार्टी चलाउनुपर्छ ।’ अरु पार्टीले नीति, विचार, आचरण र उद्देश्य बिर्सदै गएको उनको भनाइ छ । एमाले पार्टी नीति र विचारको छलफल र निष्कर्षबाट जन्मिएको भन्दै उनले एमाले व्यवस्थित भएको दाबी गरे ।

एमालेको नीति र विचार अध्ययन गरेर पार्टी विशाल भएको उनले बताए। सबै कार्यकर्तालाई पार्टीको नीति र विचारअनुसार गतिविधि गर्न पनि उनले अनुरोध गरे ।

आगामी निर्वाचनमा बहुमत ल्याएर एमाले नेतृत्वको सरकार बन्ने उनले दाबी गरे । ‘चुनावमा एमाले देशको ठूलो पार्टी हुन्छ,’ उनले भने, ‘त्यतिबेला सरकारमा हामी हुन्छौं ।’ गठबन्धनबिना अन्य दललाई चुनावमा जान उनले चुनौतीसमेत दिए ।

साथै उनले उक्त कार्यक्रममा नेपाललाई विश्वमा चिनाउन सकिने सम्भावना भएको औँल्याए । ‘नेपाललाई विश्वमा चिनाउन सकिन्छ,’ उनले भने, ‘जसका लागि जलस्रोत, खनिज, जडीबुडी र धार्मिकस्थल लगायतलाई उपभोग गर्न सकिन्छ ।’

कार्यक्रममा मधेशवादी नेता पशुपति दयाल मिश्र सहित हजारौं व्यक्तिहरुले एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार