मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

बिपन्न दलित परिवारलाई जानकीमा शौचालय सामग्री सहयोग

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
खुला दिसामुक्त अभियानमा जानकी गाउँपालिकाको सक्रियता
२२ वैशाख २०८३, मङ्गलबार

बाँके । न्यून आयस्रोत भएका बिपन्न तथा दलित घरपरिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले बाँकेको जानकी गाउँपालिकाले शौचालय निर्माण सामग्री वितरण गरेको छ। गाउँपालिकामार्फत वडा नं. ५ अन्तर्गत छब्बनपुरका चार घरपरिवारलाई रिङ ट्वाइलेट निर्माणका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको हो।

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का अध्यक्ष टिकानाथ यादवका अनुसार रिङ ट्वाइलेटका मुख्य सामग्रीहरू प्रदान गरिएको छ भने मिस्त्री खर्च, इट्टा, बालुवा लगायत अन्य आवश्यक सामग्री पालिका तथा वडा कार्यालयले नै व्यवस्थापन गर्नेछ।

यस कार्यमा मिलाप संस्थाले आवश्यक समन्वय तथा सहकार्य गरेको गाउँपालिकाले जनाएको छ।

सहयोग प्राप्त गर्ने लाभग्राहीहरूमा रङ्गाई करवल, लहरी करवल, बीरबल करवल र हिरालाल करवल रहेका छन्। आर्थिक अभावका कारण लामो समयदेखि खुला ठाउँमा शौच गर्न बाध्य रहेका यी परिवारहरू अब आफ्नै घरमा शौचालय निर्माण गर्न सक्षम भएका छन्।

लाभग्राही हिरालाल करवलले खुसी व्यक्त गर्दै भने,“आर्थिक अवस्था कमजोर भएकै कारण खुला ठाउँमा शौच गर्नुपर्ने बाध्यता थियो। अहिले शौचालय बनाउन सामग्री पाएपछि अब चाँडै नयाँ शौचालय निर्माण गर्नेछौं।”

गाउँपालिकाका प्रवक्ता यादवले सुरक्षित र स्वच्छ वातावरण निर्माणका लागि शौचालय अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

“स्वास्थ्य, सरसफाइ र मानवीय गरिमासँग प्रत्यक्ष जोडिएको विषय भएकाले सबै घरमा शौचालय निर्माण अनिवार्य छ,” उनले भने।

स्थानीय स्तरमा यस्ता पहलले खुला दिसामुक्त अभियानलाई थप बल पुग्ने विश्वास गरिएको छ। साथै, सरसफाइमा सुधार आउँदा विभिन्न सरुवा रोगको जोखिम पनि घट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार