मुख्य समाचार
बाँके २ मा दिपेन्द्र बिष्टका पक्षमा मजदुर शक्ति एकजुट | ‘अब काम गर्ने प्रतिनिधि चाहियो’ : डुडुवामा दिपेन्द्र बिष्टलाई गाउँलेको साथ | राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको सम्भावनायुक्त क्षेत्र होः उम्मेदवार गौडेल | जनताको उत्साहजनक समर्थन पाएको दिपेन्द्र बिष्टको दाबी | गर्भवती महिलालाई अब गाउँमै सहज स्वास्थ्य जाँच | शहीद आयुष थापाको सपना बोकेर मैदानमा दिपेन्द्र विष्ट | जनताको कुरा सुन्न घरदैलोमा दिपेन्द्र विष्ट, वडा नं. १९ मा भरोसा जगाउँदै | एसईई नतिजा सुधारको लक्ष्यसहित जानकी गाउँपालिकामा प्रि–टेस्ट सुरु | चुनाव नजिकिँदै जाँदा बाँके–२ मा नेकपाको प्रचार अभियान चरममा | बाँके–२ मा चुनावी सरगर्मी बढ्दो, दिपेन्द्र विष्टको घरदैलो अभियान सक्रिय |

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

यूथ टुडे समाचारदाता 3151+ समाचार ( )
४ पौष २०८२, शुक्रबार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ ।

बिडी न्यूजका अनुसार आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा आइ आगो लगाउनु अघि तोडफोड गरी नारा लगाएको र आगो लगाएको जनाइएको छ । भिडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन सेवा भवनमा पुग्न नसकेको पत्रकारलाई उद्धृत  गर्दै बिडी न्यूजले जनाएको छ । 

फोन र सामाजिक सञ्जालमार्फत सहयोग र ज्यान बचाउन आग्रह गर्दै छतमा भागेको र दमकलकर्मी अन्ततः घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिइ उद्धार गरेको उनीहरुलाई उदृत गर्दै बिडी न्युजले जनाएको छ । बिडी न्यूजका अनुसार घटना स्थलमा सुरक्षाको लागि सेना तैनाथ गरिएको छ । पछि न्यु एजका सम्पादक नुरुल कबिरसँगै पत्रकारलाई बाहिर निकाल्दै सैनिक देखिएको जनाइएको छ । 

बङ्गलादेशका अन्तरिम सरका प्रमुख मुहम्मद युनुसले राष्ट्रमा शान्ति कायम राख्न र कानून प्रवर्तनलाई व्यावसायिकरूपमा अनुसन्धान गर्न अनुमति दिन नागरिकलाई अपिल गर्दै सरकार विधिको शासन कायम राख्न र लोकतान्त्रिक प्रगतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । राष्ट्रलाई सम्बोधन गर्दै युनुसले भन्नुभयो, “म देशका सबै नागरिकलाई धैर्य र संयमता कायम राख्न आग्रह गर्दछु ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार