मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि २० जनालाई किट ब्याग हस्तान्त्रण

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

बाँके । महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुको स्वास्थ्य सुरक्षाका लागि किट ब्याग वितरण गरिएको छ । 

फ्रिडम किट ब्याग युकेको सहयोग तथा बास नेपालको आयोजनामा आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ स्थित तेलियनपुरका २० जना किशोरीलाई उक्त किट ब्याग वितरण गरिएको हो । 

महिनावारी भएको समयमा बजारमा पाउने कमसल सेनेटरी प्याड तथा फोहोर कपडाको प्रयागले किशोरीहरुको स्वास्थ्यमा आउने समस्याबाट सजग गराउन पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड सहितको किट ब्याग वितरण गरिएको हो । तिन बर्ष सम्म प्रयोग गर्न मिल्ने किट ब्यागमा पुनः प्रयोग गर्न मिल्ने प्याड, प्याड राख्ने ब्याग, कपडा सुकाउने डोरी, सावुन, क्लिप लगायत आवश्यक सामाग्री राखिएको छ । यसरी बितरण गरिएको किट ब्याग बिद्यालय गएको समय, यात्रामा वा घरमा जुन सुकै अवस्थामा पनि महिनावारी भएमा तत्काल प्रयोग गर्न मिल्ने गरी तयार गरिएको छ । 

फ्रिडम किट ब्याग प्राप्त गरेपछि बोल्दै स्थानीय १९ बर्षिया ज्योती बिकले सेनेटरी प्याडको बारेमा जानकारी भएपनि यसको फाईदा र प्रयोगको बारेमा जानकारी नभएको बताउनु भयो । उहाँले अभिमुखिकरण बाट सेनेटरी प्याडको प्रयोग कसरी गर्ने, यसको फाईदा, पुनः प्रयोग गर्न मिल्ने प्याडका बारेमा पहिलो पटक जानकारी पाएको जिकिर गर्नु भएको थियो । 

कार्यक्रममा फ्रिडम किट ब्यागको प्रयोग विधि, प्याडका प्रकार, फाईदा लगायतका बिषयमा फ्लेस कार्ड सहित बास नेपालका महिला शसक्तिकरण कार्यक्रम प्रबन्धक राष्टि बुढा मगर र एजुकेशन पर्सन रमिता शाहले जानकारी गराउनु भएको थियो । कार्यक्रममा फ्रिडम किट ब्याग वितरण फ्रिडम किट ब्यागकी एम्बेस्टर निर्मला श्रेष्ठ, प्रशिक्षक मिना श्रेष्ठ, बासका कार्यकारी निर्देशक नमस्कार शाह लगायतले गर्नु भएको थियो । 

फ्रिडम किट ब्याग युकेको सहयोगमा बास नेपालले नेपालगन्जमा फ्रिडम किट ब्याग उत्पादन गरि निशुल्क ग्रामिण समुदायका किशोरी र महिलाहरुलाई उपलब्ध गराउदै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार