मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

कोहलपुरमा जेब्रा क्रसिङ बनाउदै ट्राफिक प्रहरी

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
ट्राफिक प्रहरी हवल्दार सबिता रावल जेब्रा क्रासिङ निर्माण गर्दै गरेको अवस्थामा युथ टुडेको क्यामेरामा कैद हुन पुग्नु भयो उहाँले जेब्रा क्रासिङ निर्माण संगै सचेतना मुलक स्टिकर गाडीहरुमा टासेर ट्राफिक नियमको पालना गर्न गाडी चालकहरुलाई बताउदै आउनु भएको छ ।
६ फाल्गुन २०७९, शनिबार

बाँके । जिल्ला ट्राफिक कार्यालय बाँकेले सडक सुरक्षाका लागि कोहलपुर बजारमा जेब्राक्रसिङ बनाउने अभियान सञ्चालन गरेको छ । कोहलपुर बजार भित्र सडक स्तरोन्नति भए सँगै सडकमा यात्रुलाई समेत सहज रुपमा वारपार गर्न समेत समस्या भएपछि ट्राफिक कार्यालय बाँकेको सक्रियतामा जेब्रा क्रसिङ बनाइएको हो ।

ट्राफिक प्रहरीले कोहलपुरको हाइ स्कूल नजिकै जेब्राक्रसिङ बनाएको छ । सर्वसाधरणहरु बढी समस्यामा परेको गुनासो आएपछि जेब्रा क्रसिङ बनाइएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताउनु भयो ।

ट्राफिक प्रहरी हवल्दार सबिता रावल जेब्रा क्रासिङ निर्माण गर्दै गरेको अवस्थामा युथ टुडेको क्यामेरामा कैद हुन पुग्नु भयो उहाँले जेब्रा क्रासिङ निर्माण संगै सचेतना मुलक स्टिकर गाडीहरुमा टासेर ट्राफिक नियमको पालना गर्न गाडी चालकहरुलाई बताउदै आउनु भएको छ ।

बाँकेको कोहलपुरमा पछिल्लो समय ट्राफिक प्रहरीले सक्रियता बढाएपछि दुर्घटनामा समेत न्यूनिकरण आउने स्थानीयहरुको भनाई छ । जेब्रा क्रसिङ मेटिँदै जानुबाहेक यसको संख्याको अभावले पनि यात्रुलाई असुविधा भइरहेको छ। जेब्रा क्रसिङ अभावमा जथाभाबी बाटो काट्दा दुर्घटना बढ्ने गरेको ट्राफिक प्रहरी हवल्दार सबिता रावलको भनाई छ । 

'ट्राफिक प्रहरी हवल्दार सबिता रावलले ‘जेब्रा क्रसिङ नहुँदा मानिस लापरबाहीसँग बाटो काट्छन्। हुइँकिएर आएका गाडीलाई पनि कहाँ स्पिड कम गर्ने भनेर अलमल हुन्छ। यसले दुर्घटना सम्भावना बढ्छ।’ 

जेब्रा क्रसिङ भएको बाटोमा हिँड्दा केही हदसम्म सुरक्षित महशुस हुने उहाँको भनाई थियो । रङ खुइलिएका जेब्रा क्रसिङमा पुन: रङरोगन गर्नुभन्दा नयाँ बनाउन बढी ध्यान दिइने गरेको बताउँदै कोहलपुरमा ३/३ महिनामा जेब्रा क्रासिङमा रंगरोगन गरिने बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार