मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

बाँकेका चार पालिकामा सर्वसम्मत, डुडुवाको सभापतिमा यादव

महमूद आलम खान 1133+ समाचार ( )
चार पालिकामा भोलि निर्वाचन हुने
१ मंगशिर २०७८, बुधवार

नेपालगन्ज । बाँकेका चार वटा पालिकामा नेपाली कांग्रेसले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । नरैनापुर, खजुरा, डुडुवा र जानकीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । यी चार पालिका पूरै कार्यसमिति निर्विरोध भएको छ ।

नरैनापुर सभापतिमा मेराज अहमद खाँ, खजुरा सभापतिमा रमेश सिजाली, जानकीको सभापतिमा जयराम यादव र डुडुवामा विजय कुमार यादव सर्वसम्मत भएका छन् । नरैनापुरका खाँ डुडुवाका यादव पार्टीभित्र संस्थापन इतर पक्षका हुन् भने खजुराका सिजाली र जानकीका यादव संस्थापनका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा भने कतै त्रिपक्षीय त कति द्विपक्षीय प्रतिष्पर्धा हुने भएको छ । नेपालगन्जमा त्रिपक्षीय भिडन्त हुने भएको छ । प्रशान्त विष्ट, उमा थापा मगर र विनोद रिजाल सभापतिको प्रतिष्पर्धामा छन् । तीनै जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । थापा मगर संस्थापन इतरकी हुन् भने विष्ट र रिजाल संस्थापनका हुन् । कोहलपुर नगरपालिकामा पनि संस्थापन र संस्थापन इतरको लडाइँ छ । विरेन्द्र शाहले संस्थापन र राजेन्द्र श्रेष्ठले संस्थापन समूहको नेतृत्व गरेका छन् । दुबैले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

राप्तीसोनारीमा पनि दुई पक्षवीच प्रतिष्पर्धा छ । भिम बहादुर राना क्षेत्री र तुलाराम खत्री नेतृत्वका दुई प्यानल प्रतिष्पर्धामा छन् । राना संस्थापन र खत्री इतर समूहका हुन् । राना अहिलेका पालिका सभापति र खत्री सचिव हुन् । बैजनाथमा त्रिपक्षीय भिडन्त छ । त्यहाँ तीनै संस्थापन समूहका उम्मेदवार छन् । देव बहादुर खत्री, रामबहादुर विष्ट र केशर खड्का सभापतिका उम्मेदवार छन् ।

बाँकेका आठ वटै पालिकामा आज उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । सर्वसम्मत हुन नसकेका पालिकामा भोली विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । स्रोत : बागेश्वरी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार