मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कृषिमा यान्त्रीकरणको फड्को : बैजनाथका २०३ किसानलाई ७० प्रतिशत अनुदानमा मिनी टिलर | रास्वपा सहमहामन्त्रीमा अशोक चौधरीको उम्मेदवारी घोषणा | रास्वपा महाधिवेशन १ दिन लम्बिने, प्रतिनिधि पनि बढे | बालेन र रविकै अघि गगनले भने-नेतालाई भगवान् नबाऊ | कांग्रेस-एमालेलाई पार्टी भित्रका अप्ठेरा सुल्झाउन रविको आग्रह | यो सरकार एक्सप्रेस गाडी हो, गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री | बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा | यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका | जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण |
मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कृषिमा यान्त्रीकरणको फड्को : बैजनाथका २०३ किसानलाई ७० प्रतिशत अनुदानमा मिनी टिलर | रास्वपा सहमहामन्त्रीमा अशोक चौधरीको उम्मेदवारी घोषणा | रास्वपा महाधिवेशन १ दिन लम्बिने, प्रतिनिधि पनि बढे | बालेन र रविकै अघि गगनले भने-नेतालाई भगवान् नबाऊ | कांग्रेस-एमालेलाई पार्टी भित्रका अप्ठेरा सुल्झाउन रविको आग्रह | यो सरकार एक्सप्रेस गाडी हो, गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री | बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा | यस्तो छ रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका | जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र, ऐनको मस्यौदा अध्यक्ष खाँलाई हस्तान्तरण |


४८ घन्टा भित्र इरान-अमेरिका युद्ध अन्त्य हुने

यूथ टुडे समाचारदाता 3438+ समाचार ( )
२४ वैशाख २०८३, बिहीबार

अमेरिका । अमेरिका र इरानबिच दुई महिना अघिबाट सुरु भएको युद्ध अन्त्य हुने विश्वास ब्यक्त गरिएको छ। अमेरिकी समाचार वेबसाइट एक्सियसको रिपोर्ट अनुसार दुवै देश युद्धविराम र आणविक वार्ताको नयाँ ढाँचा तयार गर्ने सहमति नजिक पुगेका छन् ।

इरानले यो सहमतिलाई ४८ घन्टा भित्रमा अनुमोदन गर्ने विश्वास गर्दै सम्झौता पत्रमा हस्ताक्षर हुन सक्ने दाबी गरिएको छ। दुवै पक्षबीच १४ बुँदे प्रारम्भिक सम्झौता (एमओयू) तयार भएको बताइएको छ।

यद्यपि यो अन्तिम रूपमै पुगिसकेको छैन, तर वार्ता पहिलेभन्दा धेरै अगाडि बढेको दाबी गरिएको छ। सम्झौताको मस्यौदाअनुसार इरानले केही समयका लागि आफ्नो आणविक कार्यक्रम रोक्न सक्ने छ। त्यसको बदलामा अमेरिकाले क्रमशः आर्थिक प्रतिबन्धहरू खुकुलो पार्ने तथा इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति फिर्ता गर्ने सम्झौता हुने बताइएको छ।

त्यस्तै ‘स्ट्रेट अफ हर्मुज’ क्षेत्रमा लगाइएका प्रतिबन्धहरू पनि दुवै पक्षबाट हटाउने जनाइएको छ। तर सबैभन्दा ठूलो विवादका रुपमा रहेको आणविक कार्यक्रम रोक्ने अवधिलाई लिएर देखिन्छ। इरानले ५ वर्षको प्रस्ताव राखेको छ भने अमेरिकाले २० वर्ष चाहेको बताइएको छ।

अहिले १२ देखि १५ वर्षबीचको समझदारी खोज्ने प्रयास भइरहेको उल्लेख गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले पश्चिम एशियाको संकट समाधानका लागि इरानसँग सम्झौताको सम्भावना अझै कायम रहेको बताउँदै उनले पछिल्लो ४४ घण्टामा दुवै पक्षबीच निकै सकारात्मक वार्ता भएको दाबी गरे।

ह्वाइटहाउसमा आयोजित युएफसी फ्रिडम २५० सम्बन्धी कार्यक्रममा ट्रम्पले भने, ‘हामी सम्झौता गर्न चाहन्छौं, अब त्यो सम्भव हुन्छ कि हुँदैन हेर्नेछौं। यदि सम्झौता भयो भने इरानसँग परमाणु हतियार रहनेछैन्।’

ट्रम्पले हालैका अमेरिकी सैन्य कारबाहीपछि इरानको सैन्य शक्ति कमजोर भएको दाबी पनि गरे। उनका अनुसार इरानको नौसेना, वायुसेना, राडार प्रणाली तथा मिसाइल क्षमतामा ठूलो क्षति पुर्याएको बताए। पछिल्लो रिपोर्टअनुसार इस्लामाबाद वा जेनेभा जस्ता शहरमा दुवै देशबीच थप वार्ता हुन सक्ने सम्भावना रहेको छ।

अमेरिकी अधिकारीहरूले आगामी २४ देखि ४८ घण्टाभित्र तेहरानबाट प्रतिक्रिया आउने अपेक्षा गरेका छन्। एक अधिकारीले भने, ‘हामी सम्झौताबाट धेरै टाढा छैनौं, तर अहिलेसम्म अन्तिम सहमति भएको छैन।’ यद्यपि केही अन्य अमेरिकी अधिकारीहरू भने सम्झौता हुने विषयमा अझै शंकालु रहेको बताइएको छ।

रिपोर्टअनुसार ट्रम्प प्रशासनले आगामी शुक्रबारसम्म, अर्थात् ट्रम्पको चाइना भ्रमण सकिनुअघिनै कूटनीतिक सफलता हासिल गर्न चाहेको छ। यदि त्यसअघि सम्झौता हुन सकेन भने ट्रम्पले फेरि सैन्य कारबाहीको विकल्प रोज्न सक्ने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यदि उनीहरू सहमत भएनन् भने फेरि बमबारी सुरु हुने धम्की दिएका छन्।

उनले त्यो पहिलेभन्दा अझ तीव्र र विनाशकारी हुने बताएका छन्। पछिल्लो पटक तयार गरिएको भनिएको १४ बुँदे समझदारीपत्र ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइ जरेड खुसनरले इरानी अधिकारीहरूसँग प्रत्यक्ष तथा मध्यस्थकर्तामार्फत वार्ता गरेर तयार गरेका थिए। इरानी विदेश मन्त्रालयका प्रवक्ताले भने प्रस्तावमाथि अझै अध्ययन भइरहेको र पाकिस्तानमार्फत आएका मध्यस्थकर्तालाई औपचारिक जवाफ नदिइएको बताएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार वार्ता ढिलो भइरहेको मुख्य कारण प्रत्येक सन्देश इरानका सर्वोच्च नेता मोजतबा खामेनीसम्म पुर्‍याउनुपर्ने अवस्थाका कारण हो। सुरक्षा कारणले उनी अहिले गोप्य स्थानमा रहेको दाबी गरिएको छ।

यस्ता छन सम्झौताका मुख्य बुँदाः

युद्ध अन्त्य भएको घोषणा गर्ने

इरानले आणविक संवर्द्धन (न्युक्लियर इनरिचमेन्ट) केही समयका लागि रोक्ने

अमेरिकाले आर्थिक प्रतिबन्धहरू हटाउने रोक्का राखिएको इरानी अर्बौं डलर फिर्ता गर्ने

‘स्ट्रेट अफ हर्मुज’ हुँदै हुने आवागमनमा लगाइएका प्रतिबन्धहरू हटाउने

विस्तृत रुपमा ३० दिनसम्म वार्ता गरेर फाइनल ड्राफ्ट तयार गर्ने

दुवै पक्षले कूटनीतिक समाधानतर्फ अघि बढ्ने

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार