मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

शान्ति र सदभावको सन्देश दिदै नरैनापुरका अध्यक्ष शाहको अगुवाईमा मुर्ति बिसर्जन

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
बडा दशैको अवसरमा हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजाआजा गरिएको मूर्ति बर्षाका कारण बुधबार विसर्जन गर्न नसके पछि बिहिबार विसर्जन गरिएको छ ।
२० अशोज २०७९, बिहीबार

बाँके । बडा दशैको अवसरमा हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको मूर्ति राखेर नौ दिनसम्म पूजाआजा गरिएको मूर्ति बर्षाका कारण बुधबार विसर्जन गर्न नसके पछि बिहिबार विसर्जन गरिएको छ । 

तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन छ । बाँके जिल्लामा दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने गरेका छन् ।

मुर्तिलाई शान्ति, सदभावका साथ विर्सजन गर्न नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयक अहमद शाहले नरैनापुरका धर्मगुरुहरुसँग बृहत छलफल गरी बिहिबार भव्य रुपमा विर्सजन गरिएको छ । त्यसै गरि शान्ति सु–ब्यवस्थाको लागि इलाका प्रहरी कार्यालय भागवानपुरका प्रहरी निरिक्षक बिर बहादुर सुनारको टोली र  सशस्त्र प्रहरीहरुको समन्वयमा मूर्ति विर्सजन गरिएको हो ।

संम्भावित दुुर्घटनालाई मध्यनजर राखेर नरैनापुर गाँउपालिकाले द्रुत स्वास्थ्य सेवाको लागि एम्बुलेन्स तयार अवस्थामा राखेको थियो । त्यसै गरि मूर्ति विर्सजन कार्यक्रममा गाँउपालिका अध्यक्ष संगै नरैनापुर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मसुद अहमद शाह र वडा नं.४ का वडा अध्यक्ष मनोज शर्मा, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा र ६ का अध्यक्ष प्रेम मोर्यको पनि सहभागिता रहेको थियो । नरैनापुरको विभिन्न वडाबाट निकालीएको मूर्ति राप्ती नदीमा लगि विर्सजन गरिएको थियो ।

नरैनापुरको मुर्ति बिसर्जन एकदमै शान्त वातावरणमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष शाहले बताउनु भयो । निरन्तर परेको वर्षाका बिच पनि स्थान्ीयहरुको उल्लासमय सहभागितामा ६ वटै वडाका मुर्ति बिसर्जन गरिएको अध्यक्ष शाहले जानकारी दिनु भयो । 

मुर्ति बिसर्जनमा १ सय बढी सवारीसाधन प्रयोग गरिएको थियो भने मुर्ति बिसर्जन नरैनापुर ४ हुलासपुरस्थित राप्ती नदीमा गरिएको वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार