मुख्य समाचार
यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह | जानकी गाउँपालिकाका वडा सदस्य रामधिरज यादवको निधन, गाउँपालिका शोकमग्न | कर्मचारीको तलब २१ प्रतिशतले बढ्यो, अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख माथि हुने | नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता दोब्बर, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च ५० प्रतिशतले बढाइयो | मानवबेचविखन रोक्न स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाईने | बर्दियाका तीन पालिकाका बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण | बजेटलाई अन्तिम रूप दिँदैछन् अर्थमन्त्री वाग्ले | “आजको रक्तदान, भोलिको मुस्कान” : जानकीमा २१ जनाले गरे जीवनदान | जानकी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम |

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नगर्न निर्देशन

यूथ टुडे समाचारदाता 3399+ समाचार ( )
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नगर्न निर्देशन
२४ जेठ २०८२, शुक्रबार

बाँके । जनस्वास्थ्य कार्यालय बाँकेले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो ।

एक घण्टाभित्र स्तनपान गराउने नेपाली आमा ४३ प्रतिशत रहेकोमा बाँकेमा स्तनपानको अवस्था दयनीय रहेका तथ्यांकले देखाएको छ । जम्मा ४२ प्रतिशतले मात्र जन्मेको एक घण्टामा दूध खुवाउने गरेको पाइएको छ ।

सहरीकरणले गर्दा बट्टाको दूध खुवाउने र आमाको स्वास्थ्य बिग्रन्छ भनी बच्चालाई धेरै समय स्तनपान नगराउने प्रवृत्ति देखिएको छ । कामको दबाब नहुने महिलाले पनि आफ्ना बच्चालाई आवश्यक स्तनपान गराउँदैनन् ।

जनस्वास्थ्य कार्यालय बाँकेले स्तनपान प्रबर्द्धनका लागि BMS-Act सम्बन्धि औषधि पसल, अस्पताल र फार्मेसीका स्वास्थ्यकर्मीहरुको लागी आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा जनस्वास्थ्य अधिकृत एंव पोषण कार्यक्रमका फोकल पर्सन देवनारायण उपाध्यायले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिनु भयो । आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्त्व पाइने तथा पोसिलो र रोग प्रतिरोधको क्षमता बढाउने महत्त्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने भएकोले चिकित्सकको सल्लाह बिना बिक्री वितरण गर्नु अपराध भएको बताउनु भयो । 

उहाँले भन्नुभयो,“विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवर्द्धन गर्ने गरेको पाइएको छ ।”, 

उपाध्यायले स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी र फार्मेसी संचालकहरुलाई आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्री–वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्नु भयो । 

तिन दिन सम्म चलेको तालिममा सहजिकरण गर्दै जनस्वास्थ्य अधिकृत प्रशंसा भण्डारीले नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार केही सुधार भए पनि जन्मेको पहिलो घण्टामा स्तनपान गराउने आमाहरू जम्मा ४३ प्रतिशत रहेको बताउनु भयो । जन्मेको ६ महिनासम्म पानी पनि नखुवाई आमाको मात्र दूध चुसाउने आमाहरूको दर ६२ प्रतिशतबाट ५६ प्रतिशतमा झरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, दुई बर्ष सम्म आमाको दुध खुवाउने संख्या ८९ प्रतिशत रहेको जानकारी दिनु भएको थियो । 

औषधि व्यवस्था विभागका निरिक्षक छबि महतराले पछिल्लो समय कार्यालयमा काम गर्ने आमाको संख्यामा वृद्धि हुँदै जानु, कार्यस्थलमा स्तनपान गराउने कक्षको व्यवस्था नहुनु र बट्टाको दूधको प्रयोग बढ्दै जानुले स्तनपान गराउने आमाको संख्यामा कमी आएको बताउनु भयो ।

तिन दिन सम्म चलेको तालिममा ९० जना भन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यक्रमको समापन जनस्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार