मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

नेपाली कांग्रेसभित्र उत्पन्न विवाद चाँडै समाधन गर्न अपिल

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य डा. अबुल हुसेन अन्सारीले पार्टीभित्र उत्पन्न गम्भीर विवाद अन्त्य गरी आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै अन्सारीले बुझाएको अपिलपत्रमा उनले हालको राजनीतिक संक्रमण, जेनजी आन्दोलनका बाछिटाले मुलुकजत्तिकै कांग्रेस पनि प्रभावित भएकाले पार्टीले गम्भीर र जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उनले पार्टी सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवामाथि भएको आक्रमणले पार्टीलाई नै अस्थिर बनाएको उल्लेख गर्दै, “जनताले अभिभावकको भूमिका खोजिरहेको बेला कांग्रेस आफूभित्रकै विवादमा अल्झिनु दुःखद हो,” भनेका छन् ।

अन्सारीको भनाइअनुसार एक महिनादेखि जारी केन्द्रीय समिति बैठकले कुनै ठोस निर्णय गर्न नसक्नु कांग्रेसको इतिहासकै कमजोर अवस्था हो। कार्यवाहक सभापतिले जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि बैठक अनुत्तरित रहनु गम्भीर विषय बनेको उनले बताए।

विशेष अधिवेशनको नाममा संगठनभित्र मनमुटाव गहिरिँदै जानु र महामन्त्रीद्वयको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले सो कदमले आगामी निर्वाचनमा नेता–कार्यकर्तालाई जनतामाझ अनुहार देखाउन कठिन पर्ने टिप्पणी गरेका छन्।

अन्सारीले भने,“सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन तालिका सार्वजनिक गरिसकेको अवस्थामा पार्टीको नियमित वा विशेष अधिवेशन अब चुनावअघि सम्भव छैन। कांग्रेसले अब तुरुन्त निर्वाचन तयारीतर्फ मोडिन जरुरी छ।”

पार्टी स्थिरता, संगठनको एकता र जनतामाझ विश्वसनीयता कायम राख्न केन्द्रीय समितिले छिटो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनको आग्रह छ।

सिंगापुरबाट उपचार गराई फर्किएका सभापति देउवा महाधिवेशनसम्बन्धी विवाद समाधानमा जुटिरहेकाले तिनै प्रयासलाई बलियो बनाउँदै पार्टीलाई एक ढिक्का बनाएर द्रुत रूपमा चुनावी मोडमा लैजान उनले सबै पदाधिकारीलाई आग्रह गरेका छन् । अन्सारीले भने,“कांग्रेस कसैको निजी सम्पत्ति होइन, लोकतान्त्रिक मूल्य र जनताको आकांक्षाको साझा संरचना हो । पार्टीले अब ‘किन्तु–परन्तु’ मा अल्झिने समय सकियो।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार