मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बिमाको कार्यक्रम लागु नहुँदा बासगढीका बिरामीलाई सास्ती

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१३ भाद्र २०८२, शुक्रबार

गुलरिया । बर्दियाको बाँसगढी नगरपालिकाका स्वास्थ्य बिमा गरेका बिरामीले नगरपालिकाका स्वाथ्य चौकी र नगर अस्पतालमा बिमाको कार्यक्रम लागु नहुँदा सास्ती खेप्नु परेको बताएका छन् । नगरपालिकामा दक्ष चिकित्सक र सुविधासम्पन्न नगर अस्पताल नहुँदा बाँसगढी नगरपालिकावासी प्रथम सेवा लिनका लागि बाँके जिल्ला धाउन बाध्य छन् । 

स्वास्थ्य बिमा गरेका नगरवासी स्वास्थ्यका प्रारम्भिक सेवा लिनका लागि बाँकेको वैजनाथ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र, कोहलपुर मेडिकल कलेज र नेपालगञ्जको भेरी अस्पताल जान बाध्य हुँदै आएका छन्  । सामान्य स्वास्थ्य सेवा लिन देखि ठुलो अस्पतालमा रेफर गराउनका लागिसमेत बाँसगढी नगरपालिकावासी अर्को जिल्ला धाउन बाध्य छन् । 

बाँसगढी नगरपालिकामा १९ हजार ७७८ जनाले स्वास्थ्य बिमा गरेका छन् । उनीहरूमध्ये तीन हजार ८२ जना ज्येष्ठ नागरिक रहेका छन् । स्वास्थ्य बिमा बोर्ड बर्दियाका संयोजक डिकेन्द्रबहादुर विष्टले दुई हजार २४३ घरपरिवारले पूरा बिमा शुल्क तिरेर स्वास्थ्य बिमा गरेको बताउनुभयो ।  

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश्वर खनालले बाँसगढी नगरपालिकाले स्वास्थ्य बिमा लागुभएको आठ वर्षपछि नगर अस्पताललाई प्रथम सेवा विन्दुमा सूचीकृत गराउन सफल भएको बताउनुभयो । उहाँले सबै प्रक्रिया पूरा गरेर नगर अस्पताल स्वास्थ्य बिमा बोर्डसँग सम्झौता भएको बताउनुभयो । यो महिनामा सबै तयारी गर्न सकियो भने अर्को महिनादेखि स्वास्थ्य बिमा भएका बिरामीलाई समेत सेवा दिन सकिन्छ ।

बाँसगढी नगर अस्पताल २०७७ सालमा स्थापना भएको हो । स्वास्थ्य बिमाको मापदण्ड अनुसार अस्पतालको सेवा सुविधा अपुग भएका कारणले बिमामा सूचीकृत नभएको नगर अस्पतालका कर्मचारीले बताएका छन् । 

बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले लामो समयको प्रयासपछि स्वास्थ्य बिमा बोर्र्डमा नगर अस्पताललाई सूचीकृत गराउन सफल भएको बताउनुभयो । उहाँले अब तालिमलगायत केही प्रक्रिया पूरा गरी स्वास्थ्य बिमा गरेकालाई प्रथम सेवा विन्दुका रूपमा सेवा दिने दाबी गर्नुभयो ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार