मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

युद्धको झझल्को दिने गरि नेपालगञ्जमा मनाइयो जनयुद्ध दिवस

महमूद आलम खान 1133+ समाचार ( )
आइपि खरेलले देश अहिले माओवादीकै मुद्दामा चलेको भन्दै संघीयता, गणतन्त्र, धर्मनिरिपेक्षता लगायतका मुद्दा माओवादीकै भएको बताउनु भयो ।
१ फाल्गुन २०७८, आइतबार

नेपालगन्ज । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले २७ औं जनयुद्ध दिवस साझ सहिद सेतुविक चोक नेपालगन्जमा दिपप्रज्वलन गरि मनाएको छ । नगर पार्टीले आज दिनभर विविध कार्यक्रम गरेरर जनयुद्ध दिवस मनाएको हो । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष आइपी खरेलको हातबाट दिप प्रज्वलनको उद्घाटन गरेको नगर पार्टीले आजै आइतबार बिहान आफ्नो पार्टी कार्यालय उद्घाटन गरेको माओवादी केन्द्र नेपालगन्ज कमिटीले तत्पश्चात पार्टी कार्यालयबाट व्याण्डबाजा सहित निस्केको नाराजुलुस त्रिवेणी मोड, त्रिभुवन चोक, भेरी अस्पताल हुँदै जिल्ला अदालत अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई प्रदेश सांसद आइपी खरेलले संबोधन गर्नु भएको थियो । संबोधनका क्रममा उहाँले देश अहिले माओवादीकै मुद्दामा चलेको भन्दै संघीयता, गणतन्त्र, धर्मनिरिपेक्षता लगायतका मुद्दा माओवादीकै भएको बताउनु भयो ।

सांसद खरेलले कुनैपनि हालतमा संसोधन नगरी एमसीसी पास गर्न नहुने बताउनु भयो । उहाँले एमसीसीको विरुद्धमा देशका पुरै जनता र जनमत भएको भन्दै यही अवस्थामा पास गर्न नहुने समेत बताउनु भयो । अमेरिकाको एमसीसीमार्फत नेपालमा बसेर चीन हान्ने र देश भित्रका भौतिक संरचनामाथी हस्तक्षेप तथा खनिज पदार्थमाथि हस्तक्षेप गर्ने योजना रहेको बताउनु भयो ।

कोणसभा पश्चात् माओवादी नेपालगन्जले भेरी अस्पतालको ईमर्जेन्सी सेवामा भर्ना भएका बिरामीहरुलाई फलफुल बितरण गरेका थिए । माओवादी प्रदेश कमिटीका नेताहरू तथा नगर कमिटीका पदाधिकारीहरुले बिरामीहरुलाई फलफुल बितरण गर्नु भएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार