मुख्य समाचार
पत्रकार मल्ललाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश | डुडुवामा ‘नरेन्द्रकुमार चौधरी कप’ क्रिकेट प्रतियोगिता सुरु | गुलरियामा एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवा सुदृढीकरणबारे सरोकारवालाबीच छलफल | एनआरएनए केन्याले पठायो राहत कोषमा छ हजार तेत्तीस डलर | विपद् प्रभावितको सहयोगका लागि बिहानी युवा क्लबद्वारा उद्धार कोषमा २५ हजार ५५५ | अमरेशको दाबी- बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ | बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम | कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात | राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट पारित | नरैनापुरबाटै आन्तरिक राजस्व सेवा सुरु |

एनआरएनए केन्याले पठायो राहत कोषमा छ हजार तेत्तीस डलर

यूथ टुडे समाचारदाता 3570+ समाचार ( )
१४ अशोज २०८३, बुधवार

केन्या । गैरआवासिय नेपाली संघ केन्याले नेपालका बाढी पिडितका लागि हिजो प्रधानमन्त्री राहतकोषमा अमेरिकी डलर छ हजार तेत्तीस ( करिब नौ लाख तेईस हजार नेपाली रुपैयाँ ) सहयोग बैंक खाता मार्फत पठाएको छ ।

संघका अध्यक्ष भरत रेग्मीका अनुसार प्रतिबद्धता जनाए अनुसार संघका सदस्य , केन्या स्थित नेपालीहरु र नेपालका शुभचिन्तकहरुबाट उक्त सहयोग जम्मा गरिएको हो । संघले हिजो नै बैंक ट्रान्सफर गरि उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाएको छ ।

यस अघि अफ्रिकाका एनआरएनए शाखाहरु मध्य एनआरएनए नाइजेरियाले ७७ लाख र एनआरएनए घानाले ३ लाखको चेक अर्थमन्त्री मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका थिए । त्यसैगरी एनआरएनए डीआरसी कंगोले १३ लाख , तान्जानियाले दुईलाख पचास हजार , साउथ अफ्रिकाले डेढलाख र बोत्स्वानाले पचासहजार सहयोग प्रधानमन्त्री राहतकोषमा बैंक मार्फत पठाईसकेका छन ।त्यसैगरी एनआरएनए युगान्डाले रु ३५ लाख भन्दा बढीको टेन्ट , ग्यास चुल्हो र सिलिन्डरगरि राहत सामाग्री नुवाकोटका बाढीपीडितलाई प्रभावित गाउँमै गएर स्थानीय निकाएको सहयोगमा हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार