मुख्य समाचार
नेपालगञ्जले खोजेको नेतृत्व : किन मेयरका लागि उपयुक्त देखिन्छन् मोहम्मद सफिक बेहना ? | कार्यपालिका सदस्य श्रीवास्तवको निधनप्रति नरैनापुर गाउँपालिकाद्वारा शोक व्यक्त, सोमबार शोक बिदा | बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ |
मुख्य समाचार
नेपालगञ्जले खोजेको नेतृत्व : किन मेयरका लागि उपयुक्त देखिन्छन् मोहम्मद सफिक बेहना ? | कार्यपालिका सदस्य श्रीवास्तवको निधनप्रति नरैनापुर गाउँपालिकाद्वारा शोक व्यक्त, सोमबार शोक बिदा | बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ |


नेपालगञ्जले खोजेको नेतृत्व : किन मेयरका लागि उपयुक्त देखिन्छन् मोहम्मद सफिक बेहना ?

यूथ टुडे समाचारदाता 3466+ समाचार ( )
२२ असार २०८३, सोमबार

बाँके। नेतृत्वको मूल्यांकन केवल भाषणबाट होइन, संकटका बेला देखाएको जिम्मेवारी, जनताप्रतिको उत्तरदायित्व र कामको परिणामबाट गरिन्छ। नेपालगञ्ज उपमहानगरपालिकाको राजनीति र विकासको बहसमा पछिल्लो समय वडा नं. ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाको नाम यिनै कारणले विशेष रूपमा चर्चामा आउन थालेको छ ।

स्थानीय तहको पहिलो निर्वाचनपछि उहाँलाई पहिलो पटक नेपालगञ्ज उपमहानगरपालिकाको कार्यवाहक मेयरको जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारीले उहाँप्रतिको विश्वास मात्र होइन, प्रशासनिक क्षमता र नेतृत्व स्वीकारिएको संकेत पनि दिएको थियो ।

तर उहाँको वास्तविक नेतृत्वको परीक्षा भने कोभिड–१९ महामारीका बेला भयो । त्यतिबेला भेरी अस्पतालमा अक्सिजनको चरम अभाव थियो। अक्सिजन नपाएर नागरिकले ज्यान गुमाउने अवस्था सिर्जना भइरहेको थियो। त्यही कठिन समयमा उहाँले व्यक्तिगत पहलमा करिब दुई लाख रुपैयाँ बराबरको अक्सिजन उपलब्ध गराएर बिरामीको उपचारमा सहयोग गर्नुभयो ।

यतिमै उहाँ रोकिनुभएन । आफ्नै वडा नं. ४ मा अक्सिजन सुविधा र विशेषज्ञ चिकित्सकसहितको आइसोलेसन केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याउनुभयो। महामारीका बेला स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्छ भन्ने उदाहरणका रूपमा उहाँको यो पहललाई धेरैले सम्झिने गरेका छन्।

कोभिडकै कठिन समयमा दैनिक ज्यालादारी गरेर जीवन चलाउने सयौं परिवार समस्यामा परेका थिए। त्यतिबेला वडा अध्यक्ष बेहनाले खाद्यान्न र नगद सहयोग वितरण गर्दै विपन्न परिवारको साथ छोड्नुभएन। संकटमा जनताको घरदैलोमा पुगेको नेतृत्वप्रति नागरिकको विश्वास अझ मजबुत बन्यो।

शिक्षा क्षेत्रमा पनि उहाँले फरक पहिचान बनाउनुभएको छ। वडा अध्यक्ष निर्वाचित भएपछि वडामा कन्या विद्यालय सञ्चालन गर्ने पहल गर्नुभयो। छोरीहरूको शिक्षामा लगानी गर्नु भनेको भविष्यमा समाजलाई सक्षम बनाउनु हो भन्ने सोचलाई व्यवहारमा उतार्ने प्रयासका रूपमा यसलाई हेरिएको छ।

स्थानीयहरूका अनुसार उहाँको कार्यशैली प्रचारभन्दा परिणाममुखी छ। सानो कामलाई ठूलो बनाएर देखाउनेभन्दा आवश्यक कामलाई समयमा सम्पन्न गर्ने शैलीले उहाँलाई अन्य नेताभन्दा फरक बनाएको उनीहरूको भनाइ छ।

आज नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थित शहरी विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य, सरसफाइ, रोजगारी, पूर्वाधार र सुशासनको नेतृत्व खोजिरहेको छ। यस्ता चुनौती सामना गर्न अनुभव, जनसम्पर्क, निर्णय क्षमता र संकट व्यवस्थापन गर्न सक्ने नेतृत्व आवश्यक रहेको धेरैको धारणा छ।

यही सन्दर्भमा आगामी स्थानीय तह निर्वाचनलाई लिएर पनि राजनीतिक वृत्तमा एउटा बहस चल्न थालेको छ—नेपालगञ्जको मेयरमा मोहम्मद सफिक बेहनालाई अवसर दिनुपर्ने कि नपर्ने?

उहाँका समर्थकहरूको विश्वास छ, यदि नेकपा (एमाले) ले उहाँलाई मेयर पदको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गर्छ र जनताले पनि विश्वासका साथ साथ दिन्छन् भने नेपालगञ्जले विकास, सुशासन र सामाजिक सद्भावको नयाँ गति लिन सक्छ। उनीहरूका अनुसार संकटमा नागरिकसँग उभिने, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने तथा सबै समुदायलाई समेटेर अघि बढ्ने उहाँको नेतृत्व शैलीले नगरलाई समृद्धितर्फ डोर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

अन्ततः निर्वाचनमा उम्मेदवार छनोट गर्ने अधिकार राजनीतिक दलको र अन्तिम निर्णय गर्ने अधिकार मतदाताको हो। तर विगतका काम, संकटका बेला देखाएको जिम्मेवारी र जनतासँगको निकट सम्बन्धका आधारमा मोहम्मद सफिक बेहना नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि चर्चामा आउनु स्वाभाविक देखिन्छ। अब यो विश्वासलाई राजनीतिक दलले अवसरमा बदल्छ कि बदल्दैन, र जनताले मतमार्फत कस्तो निर्णय गर्छन् भन्ने कुरा आगामी निर्वाचनले नै तय गर्नेछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार