मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |
मुख्य समाचार
बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग |


मानसिक रोगबाट कसरी पाउने छुटकारा पाउने ?

यूथ टुडे समाचारदाता 3599+ समाचार ( )
मानसिक रोग कुनै पनि व्यक्तिको शारीरिक अवस्थासँग सम्बन्धित हुँदैन, न त यसको सम्बन्ध उसको व्यक्तित्व या गुणसँग हुन्छ । हरेक उमेर समूह, हरेक समुदाय, हरेक आर्थिक अवस्थाका व्यक्ति मनोरोगबाट प्रभावित हुन सक्छन् ।
७ श्रावण २०७९, शनिबार

काठमाडौं । मस्तिष्क हाम्रो शरिरको माथिल्लो निकाय हो । जसको इसारामा हाम्रो शरिरका अरु इन्द्रियहरुले काम गर्दछ ।

सामान्यतया मानीसले विरामी भन्दा शारिरीक रोगीलाई मत्र बुझ्ने गरेकाे छ । कुनैपनि घाउचोट या कुनै शारिरीक अंगको दुखाइलाई रोग लागेको मान्ने गरिन्छ ।

तर ति शरिरलाई अधिनमा राख्ने मष्तिष्कको समस्यालाई रोग मान्न तयार हुदैनौ । मानीसको सम्पुर्ण अंगलाई चलायमान बनाउन र हरेक क्रियाकलापल चुस्त दुरुस्त बनाउन स्वस्थ मानसिक अवस्था हुनु अतिआवश्य हुन्छ ।

मानिसको शरिरमा जस्तै मस्तिस्कमा पनि रोग लाग्न सक्छ । रोगी मस्तिष्कले शरिर स्वस्थ्य हुँदा हुदैपनि प्रभावकारी काम गर्न सक्दैन । मस्तिष्कसँग सम्बन्धित मानसिक रोग पछिल्लो समय जो कोहीका लागि एउटा ठुलो समस्या बनेको छ । एन्जाइटी, डिप्रेसन जुनसुकै उमेर समूहका व्यक्तिले भोग्दै आएको मानसिक समस्या हो ।

सरल भाषामा भन्दा दिमागी हालत ठिक नहुनु मानसिक रोग हो । यो जुनसुकै कारणले हुनसक्छ । मानसीक रोग अरु रोग जस्तो बाहिर देखिदैन । यसलाई विरामी स्वयमले महसुस गर्न सकिन्छ । प्राय गरी मानसीक रोग कुनै समस्या या कुनै घटनालाई गहिरीएर सोच्ने, एउटै कुरा लामो समय सोच्ने गर्दा देखीन्छ । मानसीक रोग लागेपछि सूरुमा आफुलाई मात्र महसुस हुने भएपनि पछि बढदै जाँदा परिवारको सदस्य तथा वरपरको व्यक्तिले पनि महसुस गर्न सकिन्छ ।

एक अध्ययनअनुसार हरेक पाँच जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको मनोरोग पाइने गरेको छ । मानसिक रोग विभिन्न प्रकारका हुन्छन् । यसबाट छुटकारा पाउन कुनै पनि खालको उपचारात्मक पद्धतिकै आवश्यकता हुने गर्छ ।

धेरै मानिसहरूको बुझाइ छ, मानसिक रोग कमजोरलाई हुन्छ तर त्यो सत्य होइन । मानसिक रोग कुनै पनि व्यक्तिको शारीरिक अवस्थासँग सम्बन्धित हुँदैन, न त यसको सम्बन्ध उसको व्यक्तित्व या गुणसँग हुन्छ । हरेक उमेर समूह, हरेक समुदाय, हरेक आर्थिक अवस्थाका व्यक्ति मनोरोगबाट प्रभावित हुन सक्छन् । त्यसैले, मनोरोग र मनोरोगीलाई हल्का रूपमा नलिई गम्भीरता आवश्यक छ । मानसिक रोग सामाजिक, अनुवांशिक, जैविक वातावरणीय वा मनोवैज्ञानिक धेरै कारणले हुन सक्छ ।

के हुन त मानसीक रोगको लक्षण ?

१. छिटो रिस उठ्नु

२. कुनै पनि कुरा छिटो विर्सनु

३. रातमा निन्द्रा नलाग्नु

४. छटपटि हुनु

५. सानो सानो कुरामा गहिरीएर सोच्नु

६. इरिटेड हुनु

७. कम बोल्ने, कसैसंग कुरा सेयर नगर्ने

८. जिद्धी गर्ने, अरुको कुरा सुन्न मन नपराउने

रोगको प्रकृति फरक

मनोरोग मानसिक स्थितिसँग सम्बन्धित भएकाले सामान्य हिसाबमा कोही मनोरोगी हिंसात्मक हुन सक्छन् । अरूलाई मात्रै होइन, आफैमाथि पनि हिंस्रक हुन सक्ने हुँदा मनोरोगीको विशेष हेरचाह अत्यावश्यक छ । तर यसो भन्दैमा मनोविकार भएका व्यक्तिहरू सधैँ हिंस्रक नै हुन्छन् भन्ने पनि होइन । मनोरोगीहरूको हिंसात्मक क्रियाकलाप रोगका कारणले हुन्छ भन्ने पनि होइन, यसमा उनीहरूले कस्तो उपचार र व्यवहार पाउँछन् भन्नेमा पनि निर्भर रहन्छ । कुनै मनोरोगी आफैमा गुमसुम रहने निकै शान्त स्वभावका पनि हुन्छन् ।

कसरी गर्न सकिन्छ मानसिक रोगको उपचार ?

कुनै पनि रोगको उपचार सम्भव भएजस्तै मानसिक रोगको पनि उपचार छ । यसको उपचार औषधिजन्य ट्याबलेट नभएर राेगीको समस्यालाई बुझ्नु पहिलो उपचारको माध्यम हो ।

सबै भन्दा पहिला मानसीक राेगको सयमै सही ढङ्गले पहिचान गर्नुपर्छ र उसको मष्तिस्कलाई आराम हुने खालको क्रियाकलापहरु गर्ने र गर्न लाउनुपर्छ । रोगीको समस्यालाई बल्झाउने खालको कुनैपनि कुरा नगर्ने, बरु त्यो सामान्य कुरा हो भन्ने महसुस गराउने ।

मानसीक रोगको सबैभन्दा राम्रो उपचारमा भनेको माया, स्नेह, साथ सपोर्ट र परिवारका सदस्यको भरपुर समय नै हो । विरामीसंग सकेसम्म धेरै समय विताउने भविस्यसंग जोडिएका सकारात्क गफ गर्ने र रमाइला फिल्म,भिडियोहरु हेर्ने, कसरत गर्ने, सकेसम्म विरामीलाई व्यस्त बनाइराख्ने गर्नाले मानसीक रोग कम गर्न सकिन्छ ।

मनोरोगीलाई मानसिक अस्पताल नै आवश्यक हुन्छ भन्ने आममान्यता छ तर मनोरोगका कतिपय अवस्थाका लागि अस्पताल आवश्यक हुँदैन । उनीहरूको सफल उपचारको सबैभन्दा महत्वपूर्ण भाग प्रियजन अनि परिवारका सदस्यहरुले कति राम्रोसंग हेरचाह गर्न सक्षम छन् भन्नेमा पनि भर पर्छ ।

थेरापी र परामर्श

सामान्य अवस्थाका मानसिक रोगीहरूले उनीहरूको आफ्नो इच्छा र क्षमताका आधारमा जुनसुकै काम गर्न सक्छन् । यसले उनीहरूको अवस्था सुधार गर्न पनि सहयोग गर्छ ।

धेरै मनोचिकित्सक यस मामिलामा थेरापी र मनोपरामर्श दिन्छन् । केही केसमा औषधि पनि चाहिन्छ । तर थेरापी र परामर्श नै बिरामीको अवस्था सुधार गर्न प्रमाणिक भएको पाइन्छ । राम्रो र स्वच्छ वातावरणमा बसेर तनाव नलिई जीवनयापन गर्न सकियो भने मानसिक रोगी हनबाट बच्न सकिन्छ ।

सहयोग

मनोरोग मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित हुने भएकाले कतिपय अवस्थामा मनोचिकित्सकहरूको विशेष उपचारात्मक भूमिका हुने गर्छ । हरेक परिस्थितिमा हामीकहाँ अस्पताल सम्भव नभएकाले एक हेरचाहकर्ताको रूपमा परिवारका सदस्य पनि एक मनोचिकित्सकको भूमिका निर्वाह गर्न सक्छन् ।

सहयोगी र बुझ्ने वातावरण पनि यस्ता बिरामीको प्रमुख आवश्यकतामध्ये एक हो । उसलाई महसुस गराउनुहोस् कि तपाईं सधैँ उहाँको लागि हुनुहुन्छ । यसका लागि तपाईं आफै पनि मानसिक स्वास्थ्यसम्बन्धी सही ज्ञान राख्न आवश्यक हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार