मुख्य समाचार
रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो | धनगढीमा एनसेलको पहिलो ‘फोफो सेन्टर’ सञ्चालन, एकै छानामुनि ग्राहक सेवा र मोबाइल सामग्री | दोलखामा बाढीपहिरोमा परी एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा | नरैनापुरका आमाको रोजाइ बन्यो वर्थिङ सेन्टर, सुरक्षित सुत्केरीमा नयाँ कीर्तिमान | नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा |

“अब तारा चिन्हमै मत हाल्छौं”- वडा ८ मा नेकपाप्रति भरोसा बढ्दै

यूथ टुडे समाचारदाता 3505+ समाचार ( )
१४ माघ २०८२, मङ्गलबार

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ८ जहाँ मुस्लिम मधेसी समुदायको बाक्लो बसोबास छ । ८ नम्बरमा यसपटक चुनावी माहोल फरक देखिएको छ । चुनावमा भोट माग्न आउने तर जितेपछि फर्केर नआउने राजनीतिक दलहरूसँग अब हिसाब गर्ने चेतावनी वडा नम्बर ८ का महिलाहरूले दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट समानुपातिक उम्मेदवार जामिया खातुन र कालि मियाँ ‘कस्मिरा’ उक्त वडामा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै जनताको पीडा सुने। उनीहरूले वर्षौंदेखि थाती रहेका समस्या समाधान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे ।

स्थानीयका अनुसार उपमहानगरपालिकाभित्रै रहेको वडा नम्बर ८ को अवस्था अत्यन्तै दयनीय छ। न त व्यवस्थित बाटो बनेको छ, न नालीको व्यवस्था छ, न त सरसफाइ नै हुन सकेको छ। यी सबै कारणले वडा दुर्गन्धित बन्दै गएको गुनासो स्थानीयले गरेका छन्।

पीडित स्थानीय महिला सलामुन खानले वडा नम्बर ८ को अवस्थालाई “दर्दनाक” भन्दै भनिन्,“हामी सहरभित्र बस्छौं तर अवस्था गाउँभन्दा पनि खराब छ। चुनावमा भोट माग्न सबै आउँछन्, तर जितेपछि हाम्रो टोल कसैले सम्झिँदैन।” उनले यसपालि टोल नै एकजुट भएर नेकपाका उम्मेदवारलाई साथ दिने स्पष्ट संकेत गरिन्।

त्यस्तै स्थानीय आइसा राईले आफ्नो टोलको वास्तविक विकास नेकपा बाहेक अरू कसैले गर्न नसक्ने विश्वास व्यक्त गर्दै भनिन्,“हामीले धेरैलाई हेरिसक्यौं। अब तारा चुनाव चिन्हमै मतदान गरेर हाम्रो भविष्य सुरक्षित गर्छौं।”

स्थानीयसँगको भेटमा समानुपातिक उम्मेदवार जामिया खातुनले वडा नम्बर ८ का समस्या आफूहरूका लागि नयाँ नभएको बताउँदै भनिन्,“वडा ८ को पीडा सुन्न मात्रै होइन, समाधान गर्न हामी यहाँ आएका हौं। बाटो, नाली र सरसफाइ नागरिकको आधारभूत अधिकार हो, यसलाई प्राथमिकतामा राखेर काम गर्छौं।”

अर्का समानुपातिक उम्मेदवार कालि मियाँले पनि स्थानीयको आक्रोश जायज रहेको उल्लेख गर्दै भने,“जनताको भोटलाई प्रयोग गरेर हराउने राजनीति अब चल्दैन। हामी जनतासँगै बस्ने, जनतासँगै समस्या समाधान गर्ने राजनीति गर्छौं।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार