मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |
मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |


नेपालगञ्जमा दल बदलु नोट र भोजकै बलमा मतदाता झुक्याउँदै

महमूद आलम खान 1133+ समाचार ( )
‘पैसाको खोलो बगाएर चुनाव जित्ने उम्मेदवारले पछि विकास गर्दैन ।’
१८ वैशाख २०७९, आइतबार

बाँके । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मतदाताको घरदैलोमा धाउँदै मत तान्न सक्रिय देखिन्छन् । यति बेला उम्मेदवार मतदातासमक्ष आफ्ना एजेन्डा सुनाउन व्यस्त छन् ।

नेपालगञ्ज उपमहानगरपालिका ६ मा सुरेश यादवको घरमा आइतबार उम्मेदवारको व्यक्तित्वदेखि विभिन्न पार्टीले विगतमा गरेका विकास गतिविधिबारे चर्चा चलिरहेको थियो । मत तान्न उम्मेदवारले दिनहुँजसो गर्ने भोजभतेर र आर्थिक प्रलोभनबारे समेत खुला छलफल भइरहेको थियो । पार्टी फेरेर टिकट लिई नोट र भोजकै बलमा मतदाता झुक्याउन आउने उम्मेदवारसँग सचेत बस्नुपर्ने सल्लाह हुँदैथियो । लोभमा परेर भोट दिने जनतापछि खाडलमा पर्छन् । ‘विकास गर्ने, भेदभाव नगर्ने, समाजमा मेलमिलाप कायम राख्ने, ठूला गफ हाँकेर काम केही नगर्नेलाई चुन्नु हुन्न,’ यादवले भने । उनकै भनाइमा थप्दै दिपेश यादवले पनि दल बदलु (दल परिवर्तन गर्ने) लाई नोट र भोज खुवाएकै भरमा भोट दिन नहुने विचार राखे । ‘उम्मेदवारको व्यक्तित्व मूल्यांकन गनुपर्छ,’ उनले भने, ‘पैसाको खोलो बगाएर चुनाव जित्ने उम्मेदवारले पछि विकास गर्दैन ।’

नोट र भोेजको विकृति मौलाउनुमा मतदाता पनि उत्तिकै दोषी रहेको राजेश गुप्ताले भने । ‘घरदैलोमा सँगै हिँडेका कार्यकर्तालाई जलखै (नास्ता), पेट्रोल र पैसा नदिए भोलिपल्ट उम्मेदवारसँग हिँड्नै छाड्छन्,’ उनले भने, ‘उम्मेदवारलाई अरुको नखाइदेओस् भन्ने चिन्ता हुन्छ ।’ 

‘यो उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त बिष्ट चुनावी प्रचारमा सालिन देखिन्छ’, फुल्टेक्राका शिव गुप्ता भन्छन्, ‘उहाँको घरदैलोमा खट्ने कार्यकर्ता प्रचार सकेर समर्थकको घरमा तरकारीच्युरा नास्ता खाएर घर फर्कन्छन् ।’ फजुल खर्च गर्ने, तडकभडक देखाउने, हुने नहुने सपना बाँड्ने उम्मेदवारलाई यसपालि मतदाताले राम्रै पाठ सिकाउने उनले बताए । ‘यसपालि भोज पनि खान्छन्, पैसा पनि लिन्छन् तर भोट उम्मेदवारको चरित्र र व्यक्तित्वकै आधारमा खसाल्छन्’, उनले भने, ‘नोटको बलमा भोटको मनसुवा पाल्नेलाई मतदाताले चित पारिदिन्छन् ।’

नेपालगञ्ज उपमहानगरपालिकामा पाँच दलिय गठबन्धनबाट नेपाली कांग्रेसबाट प्रशान्त विष्ट, मेयर पदको स्वार्थका माओवादी परित्याग गरी राप्रपा प्रवेश गरेका नन्दलाल वैश्य, एमालेको तर्फबाट पशुपति दयाल मिश्र बिच अध्यक्षका लागि भिडन्त हुने स्थानीय बताउँछन् । मुस्लिमहरुको बाक्लो बस्ती रहेको नगरमा प्रशान्त विष्ट प्रति मतदाता आकर्षित देखिन्छन् ।

भोट लेके भुल न जैह

नेपालगञ्ज उपमहानगरपालिकामा मतदातामाझ पुग्ने उम्मेदवारलाई गाउँका ज्येष्ठ नागरिकले भन्ने साझा भनाइ हो, ‘भोट लेके भुल न जैह (भोट लिएर जितिसकेपछि नबिर्सिहाल्नु ।’ आइतबार कांग्रेस उम्मेदवार बिष्ट मत माग्न पुग्दा ज्येष्ठ मतदाताले यसै भनेका थिए । पहिलापहिला नेताहरु जितेर गएपछि फर्केर गाउँ नआउने अनुभव सँगालेका मतदाताले यसो भन्नु स्वाभाविकै हो । बिष्टले भने ‘जनताको मुखिया बनेपछि जनताकै बीचमा रहेर सेवा गर्नेछु’, उनले मतदातालाई सम्झाउँदै भने, ‘जनताको सरकार अब गाउँमै आउँदैछ, म यही सरकारको नेतृत्वका लागि मत माग्दैछु । गाउँमा सरकार आए विकास, रोजगार, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकता यहींबाट पूरा हुन्छन्’, उनले मतदातासँग भने, ‘उम्मेदवारलाई राम्ररी जाँचबुझ गरेर मत खसाल्नुहोला ।’

मतदाताको दैलोमा मत माग्न पुगेका उम्मेदवारले मतदाता आकर्षित गर्न विकासलाई प्रमुख एजेन्डा बनाएका छन् । निर्वाचित भए पछि जनताको घरदैलोमा नजाने परम्पराको अन्त्य गरि घरदैलोमा पुगेर सेवा दिने र जनताको इच्छा पूरा गर्न आफू दत्तचित्त भएर लाग्ने बिष्टको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार