मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |
मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |


गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
३२ असार २०८३, बिहीबार

बाँके । संघीय शासन व्यवस्थाको मूल मर्म “गाउँमै सिंहदरबार" को अवधारणालाई थप मूर्तरूप दिने गरी बाँकेको ८८जानकी गाउँपालिकाको नयाँ प्रमुख प्रशासनिक भवन बिहिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँले भवनको उद्घाटन गर्दै अब नागरिकले आधुनिक, व्यवस्थित र नागरिकमैत्री वातावरणमा एकै छानामुनिबाट सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । 

नेपाल सरकारले अघि सारेको सुशासन, सेवा प्रवाहमा सुधार, डिजिटल प्रशासन र नागरिकमैत्री सार्वजनिक सेवाको कार्यदिशाअनुसार स्थानीय तहलाई थप सुदृढ बनाउने अभियानकै एक महत्त्वपूर्ण उपलब्धिका रूपमा यस भवनलाई हेरिएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले संघीयता सफल बनाउन स्थानीय सरकार बलियो हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“स्थानीय तह बलियो भए मात्रै संघीय शासन व्यवस्थाको उद्देश्य पूरा हुन्छ । नयाँ प्रशासनिक भवनले गाउँपालिकाको सेवा प्रवाहलाई अझ व्यवस्थित, छिटो, पारदर्शी र नागरिकमैत्री बनाउनेछ । गाउँमै सिंहदरबारको अनुभूति दिलाउने हाम्रो प्रतिबद्धता यस भवनमार्फत थप सुदृढ भएको छ ।”

अध्यक्ष खाँका अनुसार भवनमा अत्याधुनिक प्रशासनिक कार्यालय, बैठक कक्ष, अभिलेख व्यवस्थापन कक्ष, सेवा केन्द्र तथा सेवाग्राहीमैत्री संरचना निर्माण गरिएको छ । यसबाट सामाजिक सुरक्षा, प्रशासनिक सेवा, सिफारिस, योजना तथा अन्य सार्वजनिक सेवा प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले आधुनिक भौतिक पूर्वाधारसँगै कर्मचारीको कार्यशैली पनि नागरिकमुखी हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो,“यो भवन निर्माण हुनु सम्पूर्ण जानकीवासीका लागि खुसीको विषय हो । अब यस भवनबाट विगतभन्दा अझ गुणस्तरीय, छिटो र प्रभावकारी सेवा दिएर जनताको मन जित्नुपर्छ । यो भवनले आगामी ५० देखि १०० वर्षसम्म नागरिकलाई सेवा दिने विश्वास लिएको छु ।”

प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भवन निर्माणको सुरुदेखि सम्पन्न हुने चरणसम्म योगदान पु¥याउने जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियर तथा अन्य सरोकारवालाको खुलेर प्रशंसा गर्नुभयो ।

उहाँले आफूले जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको ११ महिनाको अवधिमा १५ शैयाको अस्पताल भवन र प्रशासनिक भवन सञ्चालनमा ल्याउन पाएकोमा खुशी लागेको बताउनुभयो ।

साथै उहाँले गाउँपालिकाअन्तर्गत निर्माणाधीन अन्य सरकारी भवनहरू पनि निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीहरूलाई निर्देशन दिइसकिएको जानकारी दिँदै विकास निर्माणका कामलाई तीव्रता दिइने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष जगदीश प्रसाद हरिजनले नयाँ भवनले स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाकी मनोसामाजिक परामर्शकर्ता राधा आचार्यले स्वागत मन्तव्य राख्दै नयाँ भवन सञ्चालनसँगै सेवाको गुणस्तरमा थप सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

स्थानीयवासीहरूले पनि करिब छ वर्षको प्रतीक्षापछि गाउँपालिकाले आफ्नै पूर्ण प्रशासनिक भवन प्राप्त गरेकोमा खुशी व्यक्त गरेका छन् ।

स्थानीय मोहम्मद अहमद राईले विगतमा भवन अभावका कारण सेवाग्राहीले विभिन्न कार्यालय धाउनुपर्ने अवस्था रहेको स्मरण गर्दै अब सबै सेवा एउटै भवनबाट उपलब्ध हुने भएकाले नागरिकलाई सहज हुने बताउनुभयो ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण करिब छ वर्षदेखि अलपत्र परेको उक्त भवन अन्ततः निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । २०७९ सालमै सम्पन्न हुनुपर्ने भवनको केही अन्तिम काम अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीका अनुसार ४ करोड २२ लाख ८४ हजार ७१० रुपैयाँ ४२ पैसाको लागतमा थेगिम–श्रीकृष्ण–निशान जेभी (कोहलपुर–११) ले भवन निर्माण गरेको हो ।

उहाँका अनुसार करिब १० प्रतिशत निर्माण कार्य अझै बाँकी रहेकाले निर्माण कम्पनीलाई बाँकी काम तत्काल सम्पन्न गर्न केही दिनको समय दिइएको छ । साउन १ गतेदेखि नयाँ प्रशासनिक भवनबाट नियमित सेवा प्रवाह सुरु गरिने पनि उहाँले जानकारी दिनुभयो ।

संघीय शासन प्रणालीको आधार स्थानीय सरकारलाई मान्दै सरकारले सार्वजनिक सेवा नागरिकको घरदैलोमै पु¥याउने नीति अवलम्बन गरिरहेको सन्दर्भमा जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवनले “गाउँमै सिंहदरबार”को अवधारणालाई व्यवहारमा उतार्ने महत्त्वपूर्ण आधार तयार गरेको स्थानीयवासीको अपेक्षा छ ।

गाउँपालिकाले आगामी दिनमा सूचना–प्रविधिमैत्री सेवा, सुशासन, पारदर्शिता, पूर्वाधार विकास तथा नागरिक केन्द्रित सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

भवन उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष छब्बन खाँको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य याकुब अन्सारी, वडा नं. ६ का अध्यक्ष जगदीश हरिजन, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, कार्यपालिका सदस्य राजेन्द्र सिंह र कान्ती काँदु, रामअचल, सूचना प्रविधि अधिकृत विकास जिसी, योजना शाखा प्रमुख शोभा पौडेल८८, वडा सदस्य अजमत अली साई, प्रशासन शाखा प्रमुख गोपी चौलागाई, निरा हमाल लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार