मुख्य समाचार
नेपालगञ्ज युवा विकास सम्मेलन २०२६ आयोजना हुँदै | युवालाई खेलतर्फ आकर्षित गर्न जानकी गाउँपालिकामा अध्यक्ष कप तेक्वान्दो सुरु | राजापुरको चैते धान खेतीबाट जानकीका किसान उत्साहित | मधुवन नगरपालिकामा सडक नाटकमार्फत मानव बेचबिखनविरुद्ध जनचेतना | जानकीका शिक्षक एआईमैत्री बन्दै : ३ दिने आधारभूत तालिम सम्पन्न | जानकीका किसानलाई ’बोनस’ बन्दै चैते धानः परम्परागत खेती भत्किँदै, भित्रिँदै आधुनिकता | जानकीमा शिक्षकहरूलाई एआई मैत्री बनाउन ३ दिने तालिम सुरु | मानव बेचबिखन तथा लागूऔषध दुव्र्यसनविरुद्ध एकतावद्ध भएर काम गर्ने प्रतिवद्धता | हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न |

गभर्नर महाप्रसाद अधिकारीको बचाउमा एमाले

यूथ टुडे समाचारदाता 3420+ समाचार ( )
एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी सदस्य रहेको र उक्त एम अधिकारी गभर्नर नै रहेको भन्दै चौतर्फी आलोचना भएपछि एमाले बचाउमा उत्रेको हो ।
३० असार २०७९, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पार्टीको अर्थ तथा योजना विभागको सदस्य नरहेको भन्दै नेकपा एमाले बचाउमा उत्रेको छ ।

एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी सदस्य रहेको र उक्त एम अधिकारी गभर्नर नै रहेको भन्दै चौतर्फी आलोचना भएपछि एमाले बचाउमा उत्रेको हो ।

बुधबार एमालेले महाप्रसाद अधिकारीको नाममा पत्र लेख्दै एमालेले पार्टीको अर्थ तथा योजना विभागमा उल्लेखित एम अधिकारी फरक व्यक्ति रहेको स्पष्टीकरण दिँदै एमालेले बचाउ गरेको हो ।

कार्यालय सचिव डा. भीष्म अधिकारीले बुधबार लेखेको पत्रमा पार्टीको सो विभागमा उल्लेखित एम. अधिकारी, खोटाङ सदस्य राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना भएको भन्दै ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

पत्रमा भनिएको छ– ‘हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था छैन । तसर्थ, उक्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु ।’

बुधबार गभर्नर अधिरकारीले पत्र लेख्दै एम. अधिकारीबारे भ्रम सिर्जना भएकाले स्पष्ट पार्न एमालेसँग आग्रह गरेका थिए । अधिकारीको पत्रमा जवाफ लेख्दै एमालेले एम अधिकारी भनिएका व्यक्ति गभर्नर अधिकारी नरहेको दावी गरेको हो ।

एमालेले विभागका सदस्य एम अधिकारी र गर्भनर अधिकारी भन्दा फरक व्यक्ति भनेता पनि ति व्यक्ति को हुन भनेर खुलाउन सकेको छैन । यसले महाप्रसाद अधिकारी नै एम अधिकारी हो भनेर आशंका व्यक्त गर्नेहरुलाई थप बल पुगेको छ ।

महाप्रसाद गभर्नर नहुँदासम्म सोही विभागमा असली नामबाटै सदस्य थिए । तर, पछिल्लो समय उक्त विभाग गठनका क्रममा अधिकारी गर्भनर भइसकेकाले अप्ठ्यारो हुने भएपछि एम अधिकारी नाम उल्लेख गरिएको आरोप लाग्ने गरेको छ ।

गर्भनर जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालेका अधिकारी एमालेका सदस्य रहेको भन्दै विपक्षी दलले राजिनामा मागेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार