मुख्य समाचार
बालेन्द्र शाह नेतृत्वको सरकार १०० दिन पूर्णतः असफल-प्रचण्ड | बालेन शाह नेतृत्वको सरकार गठनको आज सय दिन पूरा | भगवानपुरमा प्रहरी जवानमाथि कुटपिटको आरोप : घरमै पसेर आक्रमण गरेको दाबी | बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त | प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गर्ने दुई पक्राउ | नेपाल प्रहरीका ८ एआईजीको सरुवा, को-कहाँ पुगे ? | जानकीमा अन्तरविद्यालय हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न | पत्रकार खेम भण्डारी पक्राउ | लघुउद्यममार्फत आत्मनिर्भरता अभियान : जानकीमा नयाँ उद्यमी सिर्जना | जानकीमा रोजगारका चुनौती र सम्भावनाबारे बहस, कृषि आधुनिकीकरणमा जोड |

जीर्ण भवनमा बस्न वाध्य छन् इप्रका कम्दीका प्रहरी

यूथ टुडे समाचारदाता 3464+ समाचार ( )
डुडुवा गाउँपालिकाको कम्दीमा रहेको 'क' वर्गको इप्रका कतिबेला भत्किन्छ भन्ने त्रासमा बाँच्नु परेको इप्रकाका इन्चार्ज प्रहरी नायव निरीक्षक देब बहादुर थापाले बताए।
७ श्रावण २०७९, शनिबार

बाँके । बाँकेको कम्दीमा रहेको इलाका प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन् । 

आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको समेत समस्या रहेको एक जना प्रहरीले बताए । डुडुवा गाउँपालिकाको कम्दीमा रहेको 'क' वर्गको इप्रका कतिबेला भत्किन्छ भन्ने त्रासमा बाँच्नु परेको स्थानीयहरु बताउँछन् । 

डुडुवा गाउँपालिका ५ कम्दीमा स्थित प्रहरी कार्यालयको भवन जिर्ण बन्दा प्रहरीको सेवा प्रवाह तथा कामकाजमा समस्या रहेको छ । उक्त जिर्ण रहेको भवनमा दिन भरी कार्यालय र राती प्रहरीलाई सुत्नको लागि प्रयोग गरिएको छ ।

उक्त भवनको गारो भत्किएको,टिनको छानाबाट पानी चुहुने गरेकोले वर्षायातको समयमा अझ समस्या हुने गरेको छ । “प्रहरी कार्यालयको भवन बनाउन गाउँलेहरुले धेरै मेहनत गरे पनि स्थानीय जनप्रतिनिधिको द्वन्द्वका कारण भवनको मर्मत हुन नसकेको स्थानीय रमेश यादवको भनाई थियो । उनले भने, “अहिले प्रहरीको वाध्यता देख्दा दुःख लाग्छ, ।”

उक्त इलाका प्रहरी कार्यालयमा १ जना महिला प्रहरी सहित १० जना प्रहरी जिर्ण भवनमा बस्न वाध्य छन् । हावाहुरी तथा वर्षा भएमा काम गर्न कठिनाइ हुने गरेको स्थानीय नेताहरुको भनाइ छ । पानी परेको अवस्थामा आवास गृहमा सुत्न नपाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । भवन निर्माणको लागि इलाका प्रहरी कार्यालयको नाममा जग्गा भएपनि रकम नहुदाँ बनाउन नसकिएको स्थानीयले बताए  । ‘पुरानो भवन भएका कारण धेरै समस्या झेल्दै आइरहेका छौं,’ उनले भने, ‘पानी परेको बेला सुत्न सकिदैन,बाल्टि लिएर कोठामा पानी थाप्नुपर्छ, ।”

आवास भवन र कार्यालयको भवन एउटै रहेको र उक्त भवन जिर्ण र साँघुरो भएका कारण समस्या भएको यादवको भनाइ छ । वर्षातको समयमा चुहिने र हावाहुरी लागेमा गारो भत्कने माटो खस्ने समस्याले गर्दा जोखिमै बस्नुपरेको सुनाए । प्रहरी भवन निर्माणको लागि पटक पटक कुरा उठाए पनि जिल्ला प्रहरी कार्यालय बाँकेले समेत चासो नदिएको जसपाका क्षेत्रीय सभापति सुर्यलाल यादवको भनाई छ । प्रहरी भवन आवश्यक रहेकोले गाउँपालिकाले भवन निर्माणको लागि पहल गर्ने प्रयास गरे पनि कार्यपालिकामा आफ्नो बहुमत नरहेकोले तत्काल केहि नगर्न नसके पनि निकट भविष्यमा आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बताए । 

इप्रका कम्दीलाई जिल्ला प्रहरी कार्यालयले एउटा मोटरसाइकल दिए पनि उक्त मोटरसाइकल बिग्रिएर ४/५ महिना देखि प्रयोगमा नरहेको स्थानीयहरुले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार