मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

खजुरा गाउँपालिकाको शिक्षा शाखाको मनपरि बिरुद्ध अभिभावक आन्दोलित

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
महिला अभिभावकहरुले गरे खजुरा शिक्षा शाखा घेराउ, शिक्षा क्षेत्रमा मनपरी नगर्न अभिभावकको चेतावनी
७ फाल्गुन २०७९, आइतबार

बाँके ।  खजुरा गाउँपालिका वडा नम्बर ७ सोनपुरमा रहेको श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय गोदाहनामा गत माघ १६ गते भएको बिधालय ब्यवस्थापन समितीको निर्वाचनमा निर्वाचित सदस्यहरुलाई शिक्षा नियमावलीले दिइएको अधिकार शिक्षा शाखा प्रमुखले हनन गरेको भन्दै महिला अभिभावकहरुले शिक्षा शाखा घेराउ गरेका छन । 

शिक्षा शाखा प्रमुख खगेन्द्र मल्ल सत्तापक्षको संरक्षणमा निर्वाचित सदस्यहरुको अधिकार हनन गरि सत्तापक्षको निर्देशन अनुसार निर्वाचित सदस्यहरुले मनोनीत गरेको ब्यक्तीहरुलाई प्रधानाध्यापक ज्योति प्रकाश पौडेलले नियुक्ति नदिए पछि खजुरामा बिबाद बढदै गएको हो । 

१८ गते का दिन निर्वाचित सदस्यहरुले शिक्षा प्रेमीहरु मध्य बाट असलम भाँट र गुल्बी धोबी गरि २ जनालाई मनोनीत गरिएको थियो भने भाँटलाई ब्यवस्थापन समितिको अध्यक्ष बनाउने तयारी समितीको रहेको सदस्यहरु बताउँछन । तर भाँटलाई अध्यक्ष बन्न नदिन वडा नम्बर ७ का वडा अध्यक्ष गाउँपालिका प्रमुख र एमालेको बाँके जिल्ला अध्यक्ष सक्रिय रहेको र यिनै ब्यक्तिहरुको दबावमा शिक्षा प्रमुख खगेन्द्र मल्लले समितीको अधिकार हनन गरेको निर्वाचित सदस्यहरुले आरोप लगाएका छन ।  

निर्वाचित सदस्यहरुले सर्वसहमतीले गरेको निर्णय कार्यन्वयन नभएको कारण अभिभावकहरु आक्रोशित भएर शिक्षा शाखा घेराउ गरेका हुन । समयमै पालिकाका जनप्रतिनिधि र कर्मचारी नसच्चिए चरणबद्व आन्दोलन गर्ने समितीले चेतावनी दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार