मुख्य समाचार
सरसफाइलाई संस्कार बनाउने अभियानमा जानकी गाउँपालिका | स्तनको आकारको महत्व | भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी | ब्रिटिश स्कुलमा डा. दिल द्वारा स्वास्थ्य सचेतना | दुई दिने “क्रस–बोर्डर मेकानिज्म” सम्बन्धी तालिम सम्पन्न | जानकीमा अध्यक्ष कप क्रिकेटको रौनक, खेल प्रतिभा खोज्दै गाउँपालिका | राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम | नर्सिङः सम्मानजनक, संवेदनशील र जिम्मेवार पेशा ! | डीडीसीका कर्मचारीलाई नि:शुल्क दूध-घिउ सुविधा खारेज, वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने | संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न- यो सरकार हो कि आतंकवादी ? |

धर्मापुरमा ज्ञानको नयाँ ढोका खुल्दै
महेन्द्र शिशु माविमा ई–पुस्तकालयसहित आधुनिक पुस्तकालय उद्घाटन आज

यूथ टुडे समाचारदाता 3368+ समाचार ( )
२१ पौष २०८२, सोमबार

टिकापुर । कैलालीको जानकी गाउँपालिका–६ धर्मापुरस्थित महेन्द्र शिशु माध्यमिक विद्यालयमा ई–पुस्तकालयसहितको आधुनिक पुस्तकालय आज सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ । बिहान ११ बजे हुने उद्घाटन कार्यक्रम गगन फाउन्डेसनका संस्थापक हिक्मत थापा र जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

गगन फाउन्डेसनको संयोजन र अफ्रिकाको युगाण्डास्थित रुपारेलिया फाउन्डेसनको मुख्य आर्थिक सहयोगमा निर्माण गरिएको यस पुस्तकालयले विद्यालयको शैक्षिक वातावरणलाई आधुनिक र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ । पुस्तकालयमा विद्यालयका पाठ्यक्रमसँग सम्बन्धित एक हजारभन्दा बढी नयाँ पुस्तक समावेश गरिएका छन् भने ई–लाइब्रेरीमार्फत १० हजारभन्दा बढी डिजिटल पुस्तक तथा सन्दर्भ सामग्रीमा शिक्षक–विद्यार्थीको पहुँच पुग्नेछ ।

पुस्तकालयलाई प्रभावकारी रूपमा सञ्चालन र उपयोग गर्न नेपाल लाइब्रेरी फाउन्डेसनले गत एक सातादेखि विद्यालयमा प्राविधिक तालिम तथा कार्यशाला सञ्चालन गरिरहेको छ । तालिममार्फत डिजिटल पुस्तकालय व्यवस्थापन, प्रयोग विधि र प्रविधि उपयोगसम्बन्धी ज्ञान शिक्षक तथा कर्मचारीलाई प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।

विद्यालयको भौतिक पूर्वाधार तयारीसँगै करिब दस लाख रुपैयाँको लागतमा नयाँ कम्प्युटर तथा आवश्यक उपकरणसहितको ई–लाइब्रेरी स्थापना गरिएको हो । यस कार्यमा जानकी गाउँपालिकाको समेत सहयोग रहेको जनाइएको छ ।

स्वर्गीय साहित्यकार गगनसिंह थापाको स्मृतिमा स्थापित गगन फाउन्डेसनले यसअघि पनि रुपारेलिया फाउन्डेसन (युगाण्डा) र नेपाल लाइब्रेरी फाउन्डेसनको सहकार्यमा अरुणोदय माध्यमिक विद्यालय खैरिफाटा र वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय टीकापुरमा ई–पुस्तकालयसहितका आधुनिक पुस्तकालय निर्माण गरी सफलतापूर्वक सञ्चालनमा ल्याइसकेको छ ।

विद्यालय प्रशासनका अनुसार नयाँ पुस्तकालयले अध्ययन संस्कार विकास, डिजिटल सीप अभिवृद्धि र गुणस्तरीय शिक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । स्थानीय समुदायले पनि यस पहललाई शैक्षिक विकासतर्फको एक महत्वपूर्ण फड्कोका रूपमा लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार