मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँकेका खान खेल्दै छन बिस्वकप

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा बाँकेबाट पहिलो पटक राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।
१३ फाल्गुन २०७९, शनिबार

बाँके । बाँकेको कबड्डि इतिहासमा पहिलो पटक बिस्वकपको मैदानमा खेलाडी पुग्न सफल भएका छन। बाँके खजुरा गाउपालिकाका इसरार खान जुनियर बिस्वकप कबड्डि 2023 इरान मा सहभागी हुने भएका हुन। आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा बाँकेबाट पहिलो पटक राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।

कबड्डीका बाँके अध्यक्ष तथा स्वयम्सेवक प्रशिक्षक जनक केसिले राष्ट्रिय टिममा आफ्नो खेलाडिले जबर्जस्त उपस्थिति जनाउँदै इरानमा हुने विश्वकपमा सहभागी हुने बताए ।

“दशमध्ये एकजना खेलाडी बाँकेबाट पर्नु सामान्य विषय होइन”, उनले भने, “खेलाडीको नियमित प्रशिक्षण, लगन र मेहनतले विश्वकपसम्म पुग्ने अवसर प्राप्त भएको हो ।

“जुनियर विश्वकपमा १८ मुलुक सहभागी हुनेछ”, केसिले भने, “विश्वकप जुनियरतर्फ पहिलोपटक सहभागी हाम्रो देशको प्रदर्शन राम्रो हुनेमा आशावादी छौँ ।”

त्यस्तै कबड्डी खेलाडि इसरार खानले विगतमा गरेको प्रशिक्षण र खेलेका प्रतियोगिताको अनुभवका आधारमा विश्वकपमा प्रदर्शन गर्ने बताए । “बन्द प्रशिक्षणमा पनि प्रशिक्षण राम्रो भएको छ”, उनले भने, “पहिलो सहभागिता भएकाले प्रदर्शनमा कमी हुन दिने छैन।” विश्वकपमा सहभागी खेलाडी खान खजुरा गाउपालिका बाँकेका हुन।

प्रशिक्षक केसिले भने, “दस जना खेलाडी सम्मीलित टिममा एक जना बाँकेबाट छनोटमा परे ।"

सिनियरतर्फ बाँकेबाट विश्वकप कबड्डी कसैले नखेलेको तर अन्तर्राष्ट्रिय खेलेका लोक बहादुर शाह र महिला तर्फ शान्ती सिंह रहेको विगत छ ।

बाँके कबड्डीको प्रशिक्षण सञ्चालनमा आएयता कबड्डी खेलप्रतिको आकर्षणसमेत बढेको छ । केसिले भने “कबड्डीको विकासमा यहाँ सङ्घको पनि महत्वपूर्ण भूमिका छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार