मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

श्रीलंका नेभीमाथि नेपालको जित

महमूद आलम खान 1133+ समाचार ( )
श्रीलंका भ्रमणमा रहेको नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका नेभीमाथि फराकिलो जित हात पारेको छ
२६ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका नेभीमाथि फराकिलो जित हात पारेको छ । श्रीलंका पुलिसको मैदानमा बिहीबार भएको खेलमा नेपालले १ सय ४४ रनको फराकिलो जित निकालेको हो ।

नेपालले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६ ओभर ५ बलमा मात्र १ सय ८७ रन बनाउँदा अलआउट भयो । नेपालको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका करणले बलिङतर्फ ४ विकेट हात पारे ।

यस्तै सागर ढकाल तथा कप्तान सन्दीप लामिछानेले समान २-२ विकेट लिए । कमल सिंह ऐरीले १ विकेट हात पारे ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३१ रन बनायो ।

श्रीलंका पुलिसविरुद्ध नेपालका चार खेलाडीले अर्धशतक पूरा गरे । अर्धशतक बनाउनेमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा रोहित कुमार पौडेल र करण केसी रहे ।

रोहितले नेपालका लागि सर्वाधिक ७२ रनको इनिङ खेले । कुशलले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा करणले अविजित ५३ रन जोडे । अर्का ओपनर आसिफ ५२ रन बनाएर मैदान बाहिरिए ।

कमल सिंह ऐरीले अविजित ४५ रनको योगदान गरे । आरिफ शेखले ३५, बिनोद भण्डारीले ३, पवर सर्राफले ३ र भिम सार्कीले २ रन बनाए । यसअघिको श्रीलंका नेभीविरुद्धको दुइ अभ्यास खेलमा नेपालले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेको थिएन ।

दुवै खेलमा जित हात पर्दा नेपालको बलिङले सम्भब भएको थियो । श्रीलंका पुलिसविरुद्ध नेपालले ४ खेलाडी परिवर्तन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार