मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

रुपन्देही पाँचमा जाग्यो माओवादी केन्द्र, उम्मेदवार टुंगो नलाग्दै चुनावि तयारी

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )ले रुपन्देही निर्वाचन क्षेत्र न ५ ले चुनाव केन्द्रित कार्यक्रमको तयारी गरेको छ ।
७ अशोज २०७९, शुक्रबार

 सैनामैना (रुपन्देही ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )ले रुपन्देही निर्वाचन क्षेत्र न ५ ले चुनाव केन्द्रित कार्यक्रमको तयारी गरेको छ । त्यस क्षेत्रको उम्मेदवारको टुंगो नलागे पनि उक्त पार्टीले तयारी शुरु गरेको हो ।

अशोज १५गते रुपन्देही जिल्लाको ५नम्बर निर्वाचन क्षेत्रको केन्द्र लुम्बिनीमा हुने जनसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड आउने बताउदै त्यसको तयारी गरिएको जिल्ला संयोजक निर्मल जिसिले जानकारी दिए ।

निर्बाचन क्षेत्र सम्योजक बिक्रम यादवको अध्यक्षता तथा सचिब रोमनाथ न्यौपानेको सन्चालनमा सनिवार भएको बैठकमा केन्द्रिय सदस्य तथा सम्बिधान सदस्य बिनोद पहाडी,पुर्ब बन मन्त्री तथा प्रति निधि शभाका प्रस्तावित उम्मेद्बार मोहम्मद वकिल मुसलमान, लुम्बिनी प्रदेश सचिबालय सदस्य तथा रुपन्देही जिल्ला सम्योजक निर्मल जिसि,लुम्बिनी प्रदेश सचिबालय सदस्य तथा ५नम्बर निर्वाचन इन्चार्ज क.अमर रोका,लुम्बिनी प्रदेश सदस्य एबम सह इन्चार्ज भोलानाथ बस्याल लगायतले अग्रगामी गठबन्धन शक्तिको उम्मेदवारलाई जिताउन पनि जन सभा गर्नु पर्नेमा जोड दिए । 

बैठकले जनसभालाई सम्पन्न गर्न कार्यबिभाजन गरेको बताइएको छ । प्रचारप्रसार,जनसहभागिता एबम जनमत सृजनाको लागि सिङ्गो फोर्स लगाउने र माओवादी केन्द्रको जनाधारलाई सशक्त ढंगले परिचालन गर्ने निर्णय भएको क्षेत्रीय सह इन्चार्ज भोला बस्यालले जानकारी दिएको प्रेस सेन्टर नेपालका प्रदेशका बरिस्ठ उपाध्यक्ष एवम् सो क्षेत्रका चुनावी प्रचार प्रसार टोलि कमान्ड इन चिफ रुद्रहरि कुँवरले जनाएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार