मुख्य समाचार
पेडारी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचनमा अध्यक्ष सिताराम थारूको प्यानल विजयी | नेपाल मुस्लिम ईत्तेहाद संगठनको सातौं महाधिवेशनका लागि लोगो सार्वजनिक | नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार | लुम्बिनी कप महिला फुटबल : पुलिससँग पाहुना टोली सिलिगुडी ४–० ले पराजित | संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श | नेपालगञ्ज–काठमाडौं ‘फाईटर किङ्ग’ लक्जरी बस सेवा सुरु "पश्चिम नेपालकै पहिलो सिल्पर सोफा बस" | पत्रकार विश्वकर्मालाई प्रजिअ जोशीको धम्की, प्रहरीद्वारा केरकार | मूल्यवृद्धिको अध्ययन गर्न संसदीय समितिका सभापति खान सहितको टोली लुम्बिनी प्रदेशमा | नेपालगञ्जमा थारु हाउसको मेयर बिष्टले गरे उद्घाटन | डेढ दशकअघि बहुचर्चित युनिटी ठगी प्रकरण : सञ्चालकहरू सर्वोच्चबाट दोषी ठहर |

नरैनापुरमा झाडा पखालाबाट तिन जनाको मृत्यु भएको स्वास्थ्यकर्मीको निष्कर्ष

यूथ टुडे समाचारदाता 2591+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका–३ गेगलीमा ‘झाडापाखाला’ बाट तिन जनाको मृत्यु भएको छ भने एक जनाको शरीर दुखाईका कारण मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले सार्वजानिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । 

जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाहीको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन गरेर फर्किए पछि सार्वजानिक गरेको प्रतिबेदनमा भनिएको छ, “बिरामीहरुमा बान्ता र झाडापखाला, पेट दुख्ने, जल विनियोजन कारण तिन जनाको मृत्यु भएको छ ।” झाडा पखालाबाट मृत्यु हुनेमा ३६ वर्षीय उषादेवी पासवान, डेढ वर्षीय नन्दनी पासवान, ७२ वर्षीय शान्ति देवी रहेको प्रतिबेदनमा उल्लेख छ । 

यसैगरी १० वर्षीय युसुफ अलि शेखको ज्वरो,जोर्नि दुख्ने, तल्लो खुट्टा नचल्ने भएपछि उपचारका लागि भारतको भिंगा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रतिबेदनमा भनिएको छ । 

रितेश पासीको भेरी अस्पतालमा उपचार भईरहेको छ भने अन्य विरामीहरुको भारतको सरावस्ती भिंगा बजार र नरैनापुरका स्थानीय क्लिनिकहरुमा उपचार गराई रहेका छन् । मृतक पासीको परिवारले एकै नल्काको पानी खाने गरेको, नल्काको पानीको श्रोत  र नल्का बाहिरको अवस्था फोहोर भएको र पानी जमेको देखिएको प्रतिबेदनमा उल्लेख गरिएको छ  । 

अनुगमनमा सहभागि फोकल पर्सन नरेश बाबु श्रेष्ठले नरैनापुरमा झाडापखाला जन्य महामारी रोगको नियन्त्रणका लागि टिम परिचालन गरेको बताउदै उहाँले भन्नुभयो, पानीको स्रोत सरसफाई, खानाको सरसपफाई, व्यक्तिगत सरसफाई तथा चर्पिको प्रयोगमा निगरानी  तथन स्वास्थ्य शिक्षा  दैनिक रुपमा प्रदान गर्न स्थानीय तहले स्वास्थयकर्मी परिचालन गर्न जरुरी रहेको बताउनु भयो । 

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको स्वाथ्यकर्मीहरुले निष्कर्ष निकालेका छन् । झाडा पखाला फैलिएको समाचार सार्वजानिक भए पछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोलीले स्थलतगत अनुगमन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार