मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरमा झाडा पखालाबाट तिन जनाको मृत्यु भएको स्वास्थ्यकर्मीको निष्कर्ष

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका–३ गेगलीमा ‘झाडापाखाला’ बाट तिन जनाको मृत्यु भएको छ भने एक जनाको शरीर दुखाईका कारण मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले सार्वजानिक गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ । 

जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत अंगद बहादुर शाहीको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन गरेर फर्किए पछि सार्वजानिक गरेको प्रतिबेदनमा भनिएको छ, “बिरामीहरुमा बान्ता र झाडापखाला, पेट दुख्ने, जल विनियोजन कारण तिन जनाको मृत्यु भएको छ ।” झाडा पखालाबाट मृत्यु हुनेमा ३६ वर्षीय उषादेवी पासवान, डेढ वर्षीय नन्दनी पासवान, ७२ वर्षीय शान्ति देवी रहेको प्रतिबेदनमा उल्लेख छ । 

यसैगरी १० वर्षीय युसुफ अलि शेखको ज्वरो,जोर्नि दुख्ने, तल्लो खुट्टा नचल्ने भएपछि उपचारका लागि भारतको भिंगा लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रतिबेदनमा भनिएको छ । 

रितेश पासीको भेरी अस्पतालमा उपचार भईरहेको छ भने अन्य विरामीहरुको भारतको सरावस्ती भिंगा बजार र नरैनापुरका स्थानीय क्लिनिकहरुमा उपचार गराई रहेका छन् । मृतक पासीको परिवारले एकै नल्काको पानी खाने गरेको, नल्काको पानीको श्रोत  र नल्का बाहिरको अवस्था फोहोर भएको र पानी जमेको देखिएको प्रतिबेदनमा उल्लेख गरिएको छ  । 

अनुगमनमा सहभागि फोकल पर्सन नरेश बाबु श्रेष्ठले नरैनापुरमा झाडापखाला जन्य महामारी रोगको नियन्त्रणका लागि टिम परिचालन गरेको बताउदै उहाँले भन्नुभयो, पानीको स्रोत सरसफाई, खानाको सरसपफाई, व्यक्तिगत सरसफाई तथा चर्पिको प्रयोगमा निगरानी  तथन स्वास्थ्य शिक्षा  दैनिक रुपमा प्रदान गर्न स्थानीय तहले स्वास्थयकर्मी परिचालन गर्न जरुरी रहेको बताउनु भयो । 

अत्यधिक गर्मी र खानेपानीमा केही गडबडी भएका कारण सो गाउँमा झाडा पखाला फैलिएको स्वाथ्यकर्मीहरुले निष्कर्ष निकालेका छन् । झाडा पखाला फैलिएको समाचार सार्वजानिक भए पछि बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल सहितको टोलीले स्थलतगत अनुगमन गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार