मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

काग्रेसको अधिवेशनमा प्रधानमन्त्री देउवाले धाँधली र मनपरी गरेको बरिष्ठ नेता पौडेलको आरोप

महमूद आलम खान 1133+ समाचार ( )
१३ औं महाधिवेशनमा नेतृत्व छनौटमा गरेको गल्तिका कारण कांग्रेसको गरिमा खस्किएको पौडेल
२५ अशोज २०७८, सोमबार

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको अधिवेशनमा धाँधली र मनपरी गरेको आरोप लगाएका छन् । सभापति देउवाले सत्ता र कुर्सीको लोभमा मनलाग्दी गरेको वरिष्ठ नेता पौडेलले आरोप लगाए ।

नेपाली कांग्रेस भरतपुर महानगर समितिले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले देउवाका कारण कांग्रेसको इज्जत र प्रतिष्ठामा आँच आएको टिप्पणी गरे । देउवाका कारण पार्टी अस्तित्व खतरामा परेको भन्दै सत्ता र कुर्सीको लोभमा मनलाग्दी गरेको बताए । ‘क्रियाशील सदस्यतामा किन यसरी धाधली र मनपरी गर्नुहुन्छ ? आफ्नै गृह जिल्लामा सभापतिले सिङ्गो जिल्ला समितिलाई बाहिर राखेर कसरी वडा अधिवेशन गर्नुभयो ? यही हो तरिका ? यही हो लोकतन्त्र ?’, पौडेलले आक्रोश पोखे, ‘लोकतन्त्रको भाषण ठोक्न पहिला आफू लोकतान्त्रिक हुनुप¥यो नि ।

देउवाले पार्टी भित्र मनपर्दी गरेर पार्टीलाई ध्वस्त बनाएको आरोप लगाउँदै पौडेलले भने, ‘सत्ता बाहेक केही नदेख्ने पदका लागि जे मन लाग्यो त्यही गरेर पार्टीलाई यो हालतमा पु¥याएका छन् ।’

पार्टीको सभापति र पाँचौं पटक प्रधानमन्त्री हुँदा समेत देउवालाई नपुगेको भन्दै पनि उनले व्यङ्गय गरे । ‘हिजो सानो कांग्रेसको सभापति हुनुहुन्थ्यो, आज सिङ्गो कांग्रेसको सभापति हुनुभएको छ । पाँचौं पटक प्रधानमन्त्री हुनुभयो । अब के चाहियो ?’, पौडेलले भने, ‘यो बेलामा गुटमा होइन सारा कांग्रेसलाई मूल्याङ्कनको भरमा व्यवहार गर्छु मात्र भन्नुहोस् ।’

सभापति देउवाले आफ्नो सत्ताको लागि लोकतन्त्रको उपहास गरेको पनि उनले आरोप लगाए । १३ औं महाधिवेशनमा नेतृत्व छनौटमा गरेको गल्तिका कारण कांग्रेसको गरिमा खस्किएको पौडेलको भनाइ छ ।

उनले आफूले गुटको राजनीति नगरेको दाबी गरे । कांग्रेस आफैँ भित्र लोकतान्त्रिक बन्न नसकेको टिप्पणी गर्दै पार्टीलाई विधि र पद्दतिमा नचलाएपछि पार्टीमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार