मुख्य समाचार
बाँकेमा डीएनए नमूना संकलन सुरु | विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला |

गगनले आरजुलाई भने मलाई एनजिओमा‌काम गरेको अनुभव छैन

यूथ टुडे समाचारदाता 3540+ समाचार ( )
सोमबारको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले आरजु राणा देउवालाई जवाफ फर्काउँदै आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।
८ श्रावण २०८०, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूलाई एनजीओको बारेमा थाहा नभएको बताएका छन् ।

सोमबारको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा उनले आरजु राणा देउवालाई जवाफ फर्काउँदै आफूसँग एनजीओको अनुभव नभएको बताएका हुन् ।

आरजुले केन्द्रीय समिति बैठकमा महामन्त्रीको कार्ययोजना एनजीओको ‘विसलिस्ट’ जस्तो लागेको बताए । आरजुलाई जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘साथीहरूले कार्ययोजना एनजीओको विसलिस्ट जस्तो छ भन्नुभयो । मैले एनजीओमा काम गरेको अनुभव छैन ।’

उनले आफूहरू फुटबल हारेको टिम जस्तै भएको टिप्पणी गरेका छन् । उनले भने, ‘केन्द्रीय समितिमा पाँच दिन कुरा सुन्दा केही पनि रहेनछ । लोकप्रिय रहेछ पार्टी केही समस्या रहेनछ भन्ने लाग्छ । पार्टी महामन्त्री बोल्छ यो मौन बस्यो भने सबै ठिक हुन्छ भन्ने छ । यो दुईवटै चिन्ताले पार्टी दुर्घटनामा छ । यो बेला समालिने बेला हो । आत्म निरीक्षण गर्नुपर्छ, हामी फुटबल हारेको टिम जस्तो भएका छौँ । यस्तो किन भयो ? बुझ्नुपर्छ ।’

महामन्त्री थापाले आफूले प्रस्तुत गरेको एजेन्डामा लाञ्छना लागेको बताए । उनले भने, ‘पछिल्ला दिनमा महसुस गरेको कुराले आत्तिएको छु । जे बाहिर गयो खुसी छ, जो बाहिर गएन उ दुःखी छ । गाउँको किसानदेखि ठूलो उद्यम गरेकाहरु शिक्षक कोही पनि खुसी छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार