मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपालगन्जमा वृहत सामुदायिक सरसफाई सम्पन्न

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

बाँके । विश्व वातावरण दिवस ५ जुन २०२५ को अवरमा नेपालगन्जमा वृहत सामुदायिक सरसफाई गरिएको छ । 

द कोकाकोला फाण्डेसनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगन्ज ः सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत स्वच्छ सफा नेपालको प्राविधिक सहयोग तथा नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ को मनिहारन टोलमा सरसफाई गरिएको छ । 

गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गिकरण गरी पुन प्रयोगमा ल्याउन सकिने फोहरलाई पुन प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले जानकारी दिनुभयो । 

सरसफाई अभियानमा बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उप—महानगरपालिकाका सरसफाई कर्मीहरु, स्थानीय सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का जनप्रतिनिधिहरु, स्थानीय नागरिकहरुको सामुहिक सहभागिता रहेको थियो । 

४५ जना सरफाई अभियानकर्ताहरुको सहभागितामा सम्पन्न भएको कार्यक्रमबाट प्लाष्टिका बोतलहरु २.३ किलोग्राम, प्लाष्टिकका झोला तथा पोलेथिनहरु ६३.४४ किलोग्राम, सिसा तथा काँचका टुक्रा र बोतलहरु २८.३ किलोग्राम, कागज जन्य पदार्थ १३.८५ किलोग्राम, मिसावट भएको फोहोर १४९.७३ किलोग्राम गरी जम्मा २५७.३५ किलोग्राम फोहोर संकलन गरिएको छ । 

संकलन गरी वर्गिकरण गरिएको फोहोर मध्ये प्रसोधन गरी पुन प्रयोगमा ल्याउन सकिने फोहोरलाई बास नेपालले सुरक्षित साथ राखेको छ भने प्रशोधन गर्न नसकिने फोहोरलाई नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापन केन्द्रमा पुर्याएको बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार