मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

खजुराको १ र २ पनि गठबन्धन बलियो, प्रतिगमनकारीको निन्द्रा हराम

महमूद आलम खान 1133+ समाचार ( )
स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर–घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् ।
२१ वैशाख २०७९, बुधवार

बाँके । खजुरा गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन छ । स्थानीय चुनावको नजितालाई गठबन्धनको पोल्टामा पार्न पालिकाका सबै वडा र घर–घरमा गठबन्धनका उम्मेदवार पुगिरहेका छन् । 

आज खजुरा गाउँपालिकाको वडा नम्बर १ र २ मा गठबन्धनका समर्थकको ठूलो भिड नै देखिएको छ । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक ‘तुफान’ र उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु मल्ल वडा नम्बर २ मा पुग्दा वडाका करिब ५ सय जनताले साथ दिएका छन् । तुफान र मल्लले स्थानीयलाई सम्बोधन गर्दै खजुराको बृहत्तर हितका लागि गठबन्धनलाई जिताउन आग्रह गर्नुभएको छ । 

त्यस्तै वडा नम्बर १ मा पनि स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । वडा नम्बर १ नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सुमन मल्लको वडा हो । मल्लले २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष समेत जित्नुभएको थियो । तर, यो वडाका स्थानीयले पनि गठबन्धनलाई जिताउन आफूहरु लागिपर्ने बताएका छन् ।

प्रतिगमनकारीहरुलाई जिताउनु भन्दा गठबन्धनलाई जिताउनु आजको आवश्यकता रहेको बताउदै स्थानीयले खजुरामा गठन बाहेक अरुको बिकल्प नरहेको बताएकाछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार