मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

गठबन्धनको बैठकबाट प्रचण्ड बाहिरिए, साझा फेरि बस्ने

महमूद आलम खान 1133+ समाचार ( )
पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए
५ वैशाख २०७९, सोमबार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएका छन् । सोमबार बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएका हुन् ।

पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलन सकेर बालुवाटारमा जारी गठबन्धनको बैठक फेरि प्रचण्ड सहभागी हुने छन् ।

‘अहिले गठबन्धनको बैठकबाट अध्यक्षज्यू बाहिरिनुभएको छ । उहाँ पार्टी कार्यालयमा हुने पत्रकार सम्मेलनमा सहभागी हुन गठबन्धन बैठकबाट बाहिरिनुभएको हो,’ मल्लले भने, ‘पत्रकार सम्मेलन सकिएपछि पुनः अध्यक्षज्यू गठबन्धन बैठकमा जानुहुन्छ ।’

गठबन्धन बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा गरेर उम्मेदवार तय गर्ने विषयमा कुराकानी भइरहेको मल्लले जानकारी दिए । प्रचण्ड बाहिरिएपछि अहिलेका लागि बैठक स्थगित गरिएको छ । प्रचण्डको पत्रकार सम्मेलन सकिएपछि फेरि गठबन्धन बैठक बस्ने उनको भनाइ छ ।

बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार