मुख्य समाचार
राजा खानद्वारा मस्जिदलाई एक लाख सहयोग | स्ववियुलाई स्वतन्त्रतापुर्वक गतिशिलता प्रदान गर्न नेपालगन्ज नर्सिङ क्याम्पसको अध्यक्षमा निर्वाचित भएको अधिकारीको भनाई | नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियुका शाह प्यानलसहित विजयी | संविधान संशोधनअघि बृहत् समीक्षा गरौँ: अध्यक्ष दाहाल | प्रहरी महानिरीक्षकद्वारा पद बहाली, देशको शान्ति सुरक्षा प्रमुख प्राथमिकता | नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त | बाँके प्रहरीद्वारा ट्राफिक कारबाहीमा २९ लाख राजश्व सङ्कलन | राजा खानद्वारा शैक्षिक सहयोग तथा शौचालय निर्माणको शुभारम्भ | धार्मिक भातृत्वका लागि नेपालगञ्जमा सामुहिक रोजा इफ्तार सम्पन्न | गैसस महासङ्घ नेपालका नवनिर्वाचित पदाधिकारी र सभामुख घिमिरे बिच भेटघाट |

नरैनापुरको अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई

यूथ टुडे समाचारदाता 2516+ समाचार ( )
२६ माघ २०८१, शनिबार
बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता महेन्द्र माध्यमिक विद्यालय मटेहियाले जितेको छ। यस गाउँपालिकाको वडा ४, नेराआवि खोदाँवाको व्यवस्थापनमा भएको प्रतियोगितामा १६ स्वर्ण, ५ रजत र २ कास्य गरी कुल २३ पदक हात पार्दै महेन्द्र माध्यमिक विद्यालय मटेहियाले उपाधि जितेको हो ।
तिन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा दोस्रो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भएको छ । ९ स्वर्ण, ९ रजत र ७ कास्यसहित कुल २५ पदक प्राप्त गरी उपविजेता बनेको छ । २ स्वर्ण, १४ रजत र १० काँस्यसहित कुल २६ पदक प्राप्त गरी आदर्श माध्यमिक विद्यालय लक्ष्मणपुर तेस्रो भएको हो । 
 शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण चौधरीले खेलमा उत्कृष्ट बन्नुभएका छात्रछात्रा खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको जानकारी दिनु भयो ।
प्रतियोगितामा विजेता विद्यालय र खेलाडीलाई नरैनापुर गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाह, वडा नं ३ का वडा अध्यक्ष अजय मिश्र, शिक्षा शाखा प्रमुख कृष्ण चौधरी लगायतले सम्मानसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा ११ वटा बिधालयले सहभागिता जनाएको शिक्षा शाखाका प्राबिधिक कमल केसीले जानकारी दिनु भएको थियो भने आबिहरुलाई पछि शिल्ड र पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार