मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

दलीय समर्थनका आधारमा प्रचण्डलाई ९९ प्रतिशत विश्वास

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने संसद् बैठक जारी छ ।
२६ पौष २०७९, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने संसद् बैठक जारी छ ।

दलीय समर्थनका आधारमा प्रधानमन्त्री प्रचण्डले ९९ प्रतिशत मत पाउने देखिन्छ । पुस १० गते एमालेसहित ७ दलको १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले दलीय समर्थनका आधारमा २ सय ७२ मत पाउने छन् । यो प्रतिनिधिसभाको ९९ प्रतिशत मत हो । 

प्रतिनिधिसभामा १२ राजनीतिक दलका २ सय ७१ र तीन स्वतन्त्र गरी २ सय ७५ सांसद् छन् । राष्ट्रिय जनमोर्चा र नेमकिपाले मात्रै प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नेछन् । जनमोर्चा र नेमकिपासँग प्रतिनिधिसभामा एक/एक सांसद मात्रै छन् । मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । उनले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन पाउने छैनन् ।

संसद्को पहिलो बैठकमा प्रतिपक्षी सिटमा बसेको नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि आज प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका छन् । 

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको सबै दलले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

संसदमा कांग्रेसको ८८, नेकपा एमालेको ७९, माओवादी केन्द्रको ३२, रास्वपाको २०, राप्रपाको १४, जसपाको १२, नेकपा एसको १०, जनमत पार्टीको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४, आम जनता पार्टीको १ र स्वतन्त्र २ सांसद रहेका छन् । 

प्रधानमन्त्रीको पक्षमा

नेपाली कांग्रेस– ८८

नेकपा एमाले– ७९

नेकपा माओवादी केन्द्र– ३२

राष्ट्रिय स्वतन्त्र पार्टी– २०

राष्ट्रिय प्रजातन्त्र पार्टी– १४

जनता समाजवादी पार्टी– १२

नेकपा एकीकृत समाजवादी– १०

जनमत पार्टी– ६

नागरिक उन्मुक्ति पार्टी– ४

लोकतान्त्रिक समाजवादी पार्टी–४

स्वतन्त्र– ३

जम्मा–२७२

विपक्ष

राष्ट्रिय जनमोर्चा– १

नेपाल मजदुर किसान पार्टी– १

निलम्बित– १

जम्मा– ३

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार