मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

गर्मी छल्न भारतीय पत्रकार र व्यापारीको टोली नेपालगंज हुदै रारा प्रस्थान

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
कर्णाली प्रदेश सरकारद्धारा ‘गर्मीसे बेहाल चलो राराताल’ भन्ने अभियान सुरु
२ असार २०८१, आइतबार

बाँके । कर्णाली प्रदेश सरकारले ‘गर्मीसे बेहाल चलो राराताल’ भन्ने अभियान सुरु गरेको छ । 

कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल फोटो पत्रकार महासंघसँगको सहकार्यमा भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई सुर्खेत, दैलेख, कालिकोट हुँदै रारातालसम्म पु¥याएर भारतीय पर्यटकहरुलाई आकर्षित गर्ने कार्यक्रम लागु गरेको छ । भारतका नौ जना पत्रकार र पर्यटन व्यवसायीहरुलाई आज आईतबार जमुनाहा नाकामा कर्णाली प्रदेश सरकारकाा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका प्रमुख राम बहादुर बुढा लगायतले स्वागत गर्नु भएको थियो । भारतीय पर्यटकहरु स्वागत पश्चात सुर्खेत प्रस्थान गरेको जानकारी दिनु भयो । 

राराताल लगायतका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमणका लागि फोटो पत्रकार महासंघको निमन्त्रणामा आउनु भएका भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई नेपाल भारत नाकाको जमुनाहामा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका प्रमुख बुढा, पर्यटन प्रवद्र्धन मन्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, फोटो पत्रकार महासंघका केन्द्रिय अध्यक्ष हरिप्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, वरिष्ठ सचिव हरिहरसिंह राठौर र कर्णालीका पर्यटन व्यवसायी मनराज सिम्खडा लगायतले स्वागत गर्नु भएको थियो । 

पर्यटन शाखाका प्रमुख बुढाले कर्णालीका पर्यटकीयस्थलहरुको प्रचार प्रसारका लागि भारतीय र नेपाली पत्रकार तथा पर्यटन व्यवसायीलाई राराताल लगेर राराको अवलोकनका साथै अन्तरक्रिया समेत गरिने बताउनुभयो ।

अत्यधिक गर्मीका कारण जनजविन बेहाल भइरहेका बेला राराताल लगायतको प्रचार प्रसार गरी भारतीय पर्यटक आकर्षित गर्न सकिने बुढाको भनाई थियो । भारतीय पत्रकार शादाब हुसैनले यो भ्रमणले नेपालमा भारतीय पर्यटकको आवागमनमा बृद्धि हुने बताउनुभयो । स्रोत: रेडियो नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार