मुख्य समाचार
करिब तीन करोड लगानीमा बाँकेमा ‘एम.आर. गुरु फिटनेस’ सञ्चालनमा | नेपालगञ्जमा निकालियो सदभाव र्याली | बाँकेमा शनिबार सद्भाव र्‍याली निकालिने, सहभागि हुन प्रशासनको अपिल | सुनसरीमा कर्फ्यु जारी, स्थिति सुधारोन्मुख बन्दै | सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप | सरकारसँग पाँच बुँदे सहमति, चिकित्सकको आन्दोलन फिर्ता | जानकीमा ‘विरुवा लगाऔं, वातावरण जोगाऔं’ अभियान : ४ हजार ८ सय २० विरुवा वितरण | बालबालिका, किशोरकिशोरी र युवाको सुरक्षित भविष्यकालागि संयुक्त व्यवस्थापन बैठक | जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहयोगको प्रस्ताव; कृषि मन्त्री र जापानी राजदूतबीच भेटवार्ता | रासायनिक मलको आपूर्ति थप सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो |

प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्छ : सभामुख घर्ती

यूथ टुडे समाचारदाता 3514+ समाचार ( )
संसद दिवसले जनपक्षीय कानुन बनाउदै जनताप्रति उत्तरदायी र जवाफदेही बन्न प्रेरणा प्रदान गर्ने छ भन्ने अपेक्षा सहित पुनः शुभकामना व्यक्त गर्दछु । उहांले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।
१६ असार २०८०, शनिबार

बुटवल । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्ने आवश्यकता औल्याउनु भएको छ ।

६५ औँ संसद् दिवसको अवसरमा सनिवार शुभकामना सन्देश जारी गर्नुहुदैं उहांले यस्तो आवश्यकता औल्याउनु भएको हो । ‘संसद्को गरिमा र आवश्यकताको महत्व बोध गरी शक्ति पृथकीकरणको संसदीय शिद्धान्त अनुरुप विधायीकाको समेत कार्य गर्ने प्रदेश सभालाई अझै स्वायत्त र सबल वनाउनु पर्ने आवश्यकता खड्कीएको छ । उहांले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।  बदलिदो परिस्थितीको वर्तमान परिपेक्षमा संसद्को गरिमा र भूमिका अझै बढोत्तरी रहेको उहांले सन्देशमा उल्लेख गर्नु भएको छ ।

सभामुख घर्ती मगरले नेपालको राजनीतिक परिपेक्ष्यमा यसको छुट्टै गरिमा र महत्व रहेको जनाउनु हुंदै संसदको गरिमालाई बचाउदै जनताको समस्यालाई मुखरीत गरी प्रदेश सभाप्रति विश्वास दिलाउन सकिन्छ जनाउनु भएको छ ।

शुभकामना सन्देशमा सभामुख घर्ती मगरले जनप्रतिनिधिको रुपमा जिम्मेवारीका साथ सत्तापक्ष र प्रतिपक्ष सबै सांसदले संसदीय अनुशासन र मर्यादा कायम गरी कानून अनुसार संसदलाई मर्यादित, व्यवस्थित र अनुशासित बनाई जनताका मुद्दालाई सम्बोधन गर्न समेत सक्नु पर्ने उल्लेख गर्नु भएको छ ।

‘संसद दिवसले जनपक्षीय कानुन बनाउदै जनताप्रति उत्तरदायी र जवाफदेही बन्न प्रेरणा प्रदान गर्ने छ भन्ने अपेक्षा सहित पुनः शुभकामना व्यक्त गर्दछु ।   उहांले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

विसं २०१६ असार १६ गते नेपालको पहिलो ‘संसद्’को बैठक बसेको थियो । प्रथम संसद्ले १८ महिना पार नगर्दै विसं २०१७ मा संसदीय व्यवस्था विघटन भयो । २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा ‘संसद्’ को पुनःबहाली भयो । हाल प्रतिनिधिसभा र राष्ट्रियसभा सहितको द्विसदनात्मक ‘सङ्घीय संसद्’ कार्यान्वयनमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार